2026-07-24 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीमा दोश्रो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ हुने

विजय थापा/मङ्सिर ७, अमेरिका l गत मे महिनामा​ ​सफलता पूर्वक सम्पन्न गरेको नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवले दोश्रो महोत्सव गर्ने घोषणा गरेको छ l 

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने घोषणा संचार छापा बिज्ञप्तिमा जनाएको छ l 

साथै वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको समेत जानकारी गराएको छ l 

उक्त चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर चलचित्र ,वृत्तचित्र ,छोटा चलचित्र ,सजीवता (एनिमेशन)का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने जानकारी आयोजकले दिएका छन् । यसको साथै नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्ने उक्त छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l 

महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसंग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना गर्ने तय गरिने भएको छ l 

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसंगको सहकार्यमा आयोजना गरिनेछ । 

यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ । चलचित्रको आवेदन बिधुतिय (अनलाइन ) मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । 

गत मे महिनामा सम्पन्न महोत्सवमा कथानक तर्फ राजन कठेतद्वारा निर्देशित ‘शेर्ढाक द गोल्डेन हिल’, डकुमेन्टी तर्फ जर्मनी निर्देशक सुसन ग्लोथको ‘उर्मिला माई मेमोरी इज पावर’, लघु चलचित्र तर्फ निर्देशक विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ अमेरिकी निर्देशक एन्डी कक्रमको ‘शेर्पा स्ट्यु’ उत्कृष्ट चलचित्रहरुमा परेका थिए l साथै उक्त महोत्सवमा उद्घाटनमा चलचित्र ‘सेतो सूर्य ’, र समापनमा चलचित्र ‘कालो पोथी’, प्रदर्शित गरिएको थियो l 

आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको आधिकारिक संजाल (वेभसाइट )www.nafilmsociety.org मा उपलब्ध हुने समेत जानकारी गराएको छ । महोत्सव सम्बन्धी थप प्रगति विवरणहरु तथा जानकारीका लागि सोसाइटीको सामाजिक सञ्जालमा जोडिन सक्नु हुनेछ ।

चलचित्र महोत्सव वा आवेदनहरुबारे थप जानकारीहरु चाहिएमा पत्राचार आदन प्रदान गर्न सकिने छ 

[email protected]

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक