Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

उदयपुर र खोटाङबीच सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १२, गाईघाट | गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ ।

आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताउनुभयो ।

पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको उक्त पुलबाट पुसको पहिलो हप्तमै यातायात चालु गर्नेसमेत निर्माण व्यवसायी कार्कीले जानकारी दिनुभयो ।

गत जेठ महिनामा सुनकोशी नदीको पानीको बहाव बढेसँगै उक्त बेलिब्रिज खोलिएकामा अहिले नदीमा पानीको बहाव घटेसँगै पुल जडान गर्न थालिएको हो ।

सुनकोशी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण नहुँदा लामो समयदेखि गाईघाट दिक्तेल सडक मार्गमा हिउँदमा बेलिब्रिज जडान गरेर सञ्चाल गरिने र वर्षामा खोलिने भएकाले छ महिनासम्म यातायात बन्द हुने गरेको छ । (रासस)