२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँपालिकामा बैंक नहुँदा तीन दिन हिँडेर सदरमुकाम धाउन बाध्य

२०७४, १४ मंसिर बिहीबार ०३:३७

मङ्सिर १४, सल्लेरी (सोलुखुम्बु) रासस | सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंकको शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । 

बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहुँ लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलनलगायत आर्थिक कारोबार गाउँपालिकाबाटै हुने अवस्थामा बैकको शाखा नहुँदा समस्या आएको हो । 

गाउँपालिकाले विभिन्न शीर्षकबाट लिने राजस्व जम्मा गर्न, तलब भत्ता भुक्तानी गर्नसमेत यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारी तीनसम्मको पैदल हिँड्न बाध्य छन् । 

नेचा सल्यान गाउँपालिकाका प्रमुख डुफकुमार बास्तोलाले योजना सम्झौता गरेपछि खाता खोल्न, भूकम्पको राहत लिन सबै कामका लागि सेवाग्राही सदरमुकाममै पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

हिमाली जिल्ला भएकाले भौगोलिक विकटता छँदैछ । सिंह दरबारको अधिकार गाउँगाउँमा आउने बताए पनि आर्थिक कारोबार गर्न सदरमुकामनै पुग्नुपर्ने यहाँको बाध्यता बनेको छ । जिल्ला सदरमुकामदेखि लिखुपिके र महाँकुलुङ गाउँपालिकाको कार्यालय १७ कोष टाढा पर्छ । यहाँ सदरमुकामको कुनै पनि सडक सञ्जालले छोएको छैन । यस गाउँपालिकाका सम्पूर्ण नागरिक पैदलयात्रापश्चात् दुई दिनमा सदरमुकाम आइपुग्छन् । 

लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले भन्नुभयो, “गाउँपालिकाको सेवामा यहाँका नागरिकले कुनै पनि सहज अनुभूति गर्न सकेका छैनन् ।” 

गाउँपालिकामा कुनै पनि आर्थिक कारोबार गर्ने अधिकार प्राप्त वित्तीय शाखा नहुँदा सदरमुकाममा केन्द्रित बैकमा आर्थिक कारोबार गर्नु यहाँको बाध्यता रहेको छ । 

कुनै पनि कर्मचारीलाई तत्काल रकम आवश्यक परेमा गाउँमा ऋणबाहेक अन्य विकल्प छैन । दूधकौशीका गाउँपालिका– ७ र ८ का वडा सचिव रवीन्द्रकुमार भट्टराईले भन्नुभयो, “आफ्नो खातामा रकम भए पनि तत्काल गोजीमा रकम सकियो भने अन्य व्यक्तिलाई ऋण मागेर काम चलाइरहेका छौं।” 

उहाले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता वितरणको लागि अझै पनि सदरमुकामबाट रकम लैजानुपर्दा सुरक्षामा चुनौती छ ।” सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पुर्याउने भनेको भए पनि अहिलेसम्म पुर्याउन सकेको छैन । 

चुनाव जित्ने बेलामा हरेक सेवा सुविधा गाउँमै आउने आश्वासन बाँडेका उम्मेदवारलाई अहिले त्यहीसम्बन्धी प्रश्न आउने गरेको छ । दूधकौशीका गाउँपालिका अध्यक्ष असिम राई भन्नुहुन्छ, “व्यवस्थापनमा समय लाग्दा, जनताको बचन सुन्नुबाहेक विकल्प छैन, हाम्रो समस्या प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपश्चात् तत्काल सम्बोधन हुन्छ ।” 

अहिले सदरमुकाम रहेको सोलुदूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजी सेञ्चुरी कमर्सियल बैंक , एनएमबी बैंक समेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ । 

तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । गाउँमा बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित छन् । विगतझै गाउँपालिकाको सेवा लिन स्थानीय सदरमुकाम धाउन बाध्य बन्ने गरेका छन् । 

जिल्लाको दूधकोशी, दूधकौसीका, सोताङ, नेचासल्यान गाउँपालिका महाकुलुङ र लिखुपिके गाउँपालिकामा बैंकको शाखा नहुँदा आर्थिक कारोबारका लागि हैरानी भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै