2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस उम्मेदवार डिल्लीराज रेग्मीको घरदैलो कार्यक्रम जारी

शंकर के सी/मङ्सिर १४, सल्यान । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी सल्यानमा अहिले ह्वात्तै बढेको छ । 

विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

काग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रदेस क्षेत्र नम्बर २ सल्यानबाट प्रत्यक्ष उम्मेदवार डिल्लीराज रेग्मीले कपुरकोट गाउँपालिका वडाहरुमा घरदैलो गरेका छन् । वडा नम्बर १ र २ का विभिन्न टोलमा पुगेर रेग्मीले आफुलाइ जीताउन अपिल गरिरहेका छन् । 

काग्रेसको कपुरकोट गाउँपालिका स्तरिय निर्वाचन परिचालन समितीका संयोजक दुर्गा बहादुर गिरिका अनुसार आज पनि गाउँपालिकाभित्र घरदैलो गर्न बाँकी रहेका टोलमा पुगेर उम्मेदवार रेग्मीले मत माग्ने कार्यक्रम रहेको छ ।

सल्यान जिल्ला पर्यटन, कृषि, पशुपालन लगाएतका क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला भएको भन्दै जिल्लाको विकास गर्ने मौका एकपटक दिन आफुले मतदाताहरुलाइ आग्रह गरेको नेता रेग्मीले बताए । उनले भने– ‘म हाम्रो सल्यानका धेरैजसो वस्तीमा पुगेको छु, अझै पनि जनतामा धेरै कुराको अभाव छ र त्यो अभावलाइ हटाउनलाइ मैले उम्मेदवारि दिएको हुँ ।’

काग्रेसप्रतिको जनलहरले आफु उत्साहित भएको जनाउँदै रेग्मीले यसपटक आफ्नो जीत निश्चीत रहेको दाबी गरेका छन् । यस अघिको दुबै संविधानसभा निर्वाचनमा रेग्मी पराजित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ