2026-10-26 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा ५४ मतदान केन्द्र अति संवेदनशिल

शंकर केसी/मङ्सिर २०, सल्यान । सल्यानमा विहिबार (भोलि) हुन लागेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारि पुरा भएको छ । 

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारि अनुसार जिल्लाका १८० मतदान केन्द्रमा मदतान अधिकृत, सहायक मतदान अधिकृत लगाएतको कर्मचारि टोलि खटिसकेको छ ।

निर्वाचनका लागी आवश्यक सम्पूर्ण सामाग्री पनि सम्बन्धीत क्षेत्रमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारि महेश शर्माले बताए । 

उनका अनुसार सल्यानमा १४३८ कर्मचारि निर्वाचनका लागी परिचालित छन् । मदतान केन्द्रबाट बुधबार पनि मतदाता परिचय पत्र वितरण हुने मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले बताए । उनका अनसार सबै मतदान केन्द्रमा मतदान स्थल निर्माण कार्य चलिरहेको छ । उनले भने–‘मतदाताहरुले सजिलो ढंगबाट लाइनमा बसेर मतदान गर्न पाउन् भनेर त्यसै अनुसारको मतदानस्थन निर्माण भइरहेको छ ।’

तीन पदका लागी २२ जनाको प्रतिष्पर्धा

सल्यानमा तीन पदका लागी २२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । प्रतिनिधीसभाका लागी एउटा र प्रदेशसभाका लागी दुइवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रतिनिधीसभाका लागी ८ जना चुनावी मैदानमा छन् । जिल्ला निवाृचन कार्यालयका अनुसार प्रतिनिधीसभाका लागी बाम गठबन्धनबाट टेक बहादुर बस्नेत, राजेन्द्र बहादुर शाह नेपाली कांग्रेसबाट, बल वहादुर गिरी नेपाल कम्युनिष्ट पार्टी (माले) बाट, खड्ग बहादुर पुन राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार छन् ।

यस्तै ढकन प्रसाद शर्मा राष्ट्रिय जनमोर्चाबाट, सुमन कुमार विश्वकर्मा नयाँ शक्ति पार्टी, नेपालबाट, गुरु प्रसाद भण्डारी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट र उमाकान्त शर्मा स्वतन्त्र तर्फबाट प्रतिनिधीसभाका लागी उम्मेदवार छन् ।

यस्तै प्रदेशसभा एकमा ५ जना मैदानमा छन् । प्रदेशसभा चुनावका लागि यस क्षेत्र नम्बर १ मा दार्मा गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, बाघचौर नगरपालिका, शारदा नगरपालिकाका वडा नं. ६, ७, १४, १५ र बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ रहेका छन् ।

यस क्षेत्रमा बाम गठबन्धनबाट गुलावजंग शाह, एक राज डाँगी नेपाली कांग्रेसबाट, भीम प्रकाश शर्मा स्वतन्त्रबाट, दले वुढामगर राष्ट्रिय जनमोर्चाबाट र टोप वहादुर रोका नेपाल कम्युनिष्ट पार्टी (माले)बाट रहेका छन् ।

यस्तै प्रदेशसभा दुइमा कालिमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२ र शारदा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३ रहेका छन् । यस क्षेत्रमा ९ जनाले चुनावमा प्रतिष्पर्धा गर्दैछन् ।

प्रकाश ज्वाला बाम गठबन्धनबाट, डिल्लीराज रेग्मी नेपाली कांग्रेसबाट बेद प्रसाद खत्री क्षेत्री राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट, विमल राज डी.सी नयाँ शक्ति पार्टी, नेपालबाट, राजेन्द्र वीर राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, डण्ड विर पुन राष्ट्रिय जनमुक्ति पार्टीबाट हिमलाल बुढाथोकी जनसमाजवादी पार्टी, नेपालबाट, शोभाराम थापा क्षेत्री राष्ट्रिय जनमोर्चाबाट र धन बहादुर विश्‍वकर्मा स्वतन्त्रबाट छन् । अर्का स्वतन्त्र उम्मेदवार जित बहादुर पुनले विज्ञप्ती निकालेर उम्मेदवारि फिर्ता लिइसकेका छन् ।

स्थानीय तहको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन

यसैविच जिल्ला प्रशशन कार्यालयले निर्वाचनलाइ लक्षित गरि सुरक्षा प्रवन्ध मजबुत पारेको जनाएको छ । प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरेले जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त र भरपर्दाे मारिएको बताए । नेपाल प्रहरी, म्यादि प्रहरि, शशस्त्र प्रहरी र नेपालि सेनाले निर्वाचन सुरक्षा दिने उनले बताए । 

घिमिरेले बुटवल टुडेसंग भने– ‘६ नम्बर प्रदेशका धेरै जिल्लामा चुनाव सकिएको छ, सल्यान, दैलेख र सुर्खेत मात्रै चुनाव हुन बाँकी रहेको हुँदा स्थानीय तहको भन्दा झण्डै दोब्बर सुरक्षाकर्मी परिचालन भएका छन् ।’

यसैविच जिल्ला प्रशाशनले  सल्यानका ५४ मतदान केन्द्रलाइ अति संवेदनशिलको सुचिमा राखेको छ । यस्तै ३७ केन्द्रलाइ संवेदनशिल र २० मतदान केन्द्रलाइ सामान्यमा राखिएको प्रमुख जिल्ला अधिकारि घिमिरेले बताए । उनले सबै मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन नसक्ने भएकोले सुरक्षाकर्मीकै सेटमा भरपर्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने