2026-09-08 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुर्खेत र बर्दिया हुँदै सल्यानका मतपेटिका ल्याउनुपर्ने बाध्यता

शंकर केसी/मङ्सिर २२, सल्यान । टाढा र विकट क्षेत्रबाट मतपेटिकाहरु संकलन भइनसकेकाले सल्यानमा मतगणना कार्य सुरु हुन सकेको छैन । 

बर्दिया र सुर्खेत जिल्ला हुँदै मत पेटिका ल्याउनुपरेका कारण ढिला भएको हो । कच्ची र जोखिमपूर्ण बाटो तथा विकट क्षेत्रहरु भएकाले मतपेटिका संकलनमा ढिलाइ भएको बताइएको छ ।

जिल्लाको दुर्गम मानिने कालिमाटी गाउपालिका अन्तरगत काप्रेचारका विभिन्न ४ स्थानका मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको छ । बाँके बर्दिया र सुर्खेतसंग सिमाना जोडिएका ठाउका मतपत्र सल्लीबजार हुदै ल्याइदैछ ।    

ती क्षेत्रका चारवटा मतपेटिका आएलगत्तै मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयले बताएको छ । १ सय ७६ मतदान केन्द्रक मतपेटिका संकलन भइसकेका छन् । मतगणनाका लागी जिल्ला इन्जीनियरको भवनलाइ प्रयोग गरिने जिल्ला निर्वाचन अधिकारि महेश शर्माले बताए । भवनभित्र तारजालि लगाइएको छ ।

अहिले सर्वदलिय बैठक चलिरहेको छ । र सर्वदलिय बैठकमा केहि आचारसंहिताहरु निर्माण गरिने छ । त्यस लगत्तै आजै साँझबाट मतगण्ना शुरु हुने शर्माले बताए । मतगणना स्थल वाहिर राजनीतीक दलका प्रतिनिधी, पत्रकार लगाएतको उपस्थीती छ भने सुरक्षा प्रवन्ध पनि चुस्त पारिएको छ ।

सदमुकाममा संकलन भएका मतपेटिकाहरु कडा सुरक्षाका विच जिल्ला प्राविधिक कार्यालय सल्यानमा राखिएको छ । मत गणना स्थलमा सिसी क्यामरा पनि जडान गरिएको छ ।

सल्यानमा हिजो भएको चुनावमा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार कपुरकोट गाउपालिकामा ६४.२३ प्रतिशत, दार्मा गाउपालिकामा ६२.८८ प्रतिशत र कुमाख मालिका गाउपालिकामा ५८.७० प्रतिशत मत खसेको छ । 

यस्तै कालीमाटी गाउपालिकामा ५६ प्रतिशत, छत्रेश्वरी गाउपालिकमा ५७ प्रतिशत र त्रिवेणी गाउपालिकामा ६०.८७ प्रतिशत र ढोरचौर गाउपालिकामा ६२.६४ प्रतिशत मत खसेको छ ।

यस्तै वागचौर नगरपालिकामा ५८.७० प्रतिशत, शारदा नगरपालिकामा ६१ प्रतिशत र वनगाड कुुपिण्डे नगरपालिकामा ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मदन वहादुर धामीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ