2026-10-26 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउने

विजय थापा/मङ्सिर २७, अमेरिका l नया बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रम को लागि अमेरिका आउने भएका छन् l 

नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इनटरटेन्टमेन्ट को आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा नया बर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ l यस अघि उनीहरुले प्रथम नेपाल आइडलका ३ बिजयीहरुले नेपाली समुदायको जन घनत्व ज्यादा भएका देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् l 

नया बर्ष २०१८ को जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरहरुमा हुने मिती तथा स्थान समेत तय भएको छ l जस अनुसार जनवरी ११ तारिख न्युयोर्कको मेलरोज बलरुम ,जनवरी २१ तारिख बोस्टन को वनडरल्याण्ड बलरुम ,यसै गरि जनवरी २६ तारिख मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज तथा जनवरी २७ तारिख भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टरमा हुने भएको छ l 

यसै गरि फेब्रुअरी २ तारिख टेक्ससको ड्यालसको हाउस अफ ब्लुमा ,फेब्रुअरी ३ तारिखमा अस्टिनको सहारा लंजमा,यसै गरि फेब्रुअरी १० तारिख ह्युस्टनको हाउस अफ ब्लु तथा फेब्रुअरी ८ तारिख क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल तथा फेब्रुअरी ९ तारिखमा क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिनमा हुने भएको छ l 

यसै गरि फेब्रुअरी १० मा नै लस एन्जेलस को एलरे थेटरमा ,फेब्रुअरी १६ मा वाशिंगटन को शोर्लिन कन्फेरेन्स सेन्टर ,फेब्रुअरी १७ मा मिजौरी को दि पिजेन्ट तथा फेब्रुअरी १८ मा मिनासोटाको अर्फीम थेटरमा हुने भएको छ l हाल सम्म तय भएको १३ वटा शहरका सबै स्थानमा कार्यक्रम साँझ ६ बजे राखिएको आयोजकले दिएका छन् l 

कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल आउने छन् भने अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको लागि डिजे राकेश संग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् l सबै मिति र तिथि को प्रस्तावमा आएको आयोजकले जनाएका छन् l 

तिनै कलाकारहरुले अद्वितीय नेपाली संगीतको प्रस्तुति गर्ने छन् भने उनीहरुले बिबिध समाजका बिभिन्न जातिहरूको प्रतिनिधित्व गर्ने छन् ।नेपाल आइडल टप थ्री युएस टुर नामक सांगीतिक यात्रा कार्यक्रम ऐतिहासिक तथा अद्वितीय हुने छ भन्ने कुरामा आयोजक बिश्वस्त रहेका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने