१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने विद्यार्थी पक्राउ

२८ मंसिर २०७४, बिहीबार ११:२४

मङ्सिर काठमाडौँ ।  फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक बिद्यार्थी पक्राउ परेका छन् ।

फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपतिलाई अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालको स्टाटस राख्ने कार्यमा संलग्न रही फरार रहेका बनियाँलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।


उनले पक्राउ गरिएका बानियाँलाई विद्युतीय करोबार ऐन अन्र्तगत मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए । 

सामाजिक सञ्जालमा गालीगलौजमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

यता बानियाँको रिहाईको माग गर्दै नेविसंघले आन्दोलन गरेको छ । नेविसंघले क्याम्पसमा तालाबन्दी, तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेको छ ।

विद्यार्थी बानियाँलाई तत्काल रिहाई नगरे सशक्त आन्दोलन गर्ने नेविसंघ त्रिचन्द्र कलेज एकाई सदस्य सहदेव खत्रीले चेतावनी दिए । पक्राउ परेका विद्यार्थी नेपाल विद्यार्थी संघ निकट रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ