१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार

८ पुष २०७४, शनिबार ०६:४०

पुस ८, काठमाडौँ । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । 

मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बालबालिकालाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त संस्थाले सहयोग गरेको हो । 

संस्थाले यही डिसेम्बर १५ भित्र (एक वर्षको अवधि) मा गरेका कार्य प्रगतिको प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले उपत्यकाका एक हजार नौ मनोरञ्जन व्यवसायका रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटलमा अनुगमन गर्दा दुई हजार ७०३ महिला तथा बालबालिका पाइएको जानकारी दिँदै त्यसमा एक हजार ७८३ किशोरी पाइएको बताउनुभयो । 

अनुगमनका क्रममा महिला तथा बालबालिका खुलेर कुरा गर्न नपाउने पाइएको छ, ३०९ बालिका बेचबिखनको जोखिममा रहेको संस्थाले जनाएको छ । 

उपत्यकामा करिब ६० हजार महिला तथा किशोर किशोरी श्रमिकका रुपमा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रोजगार र मानव बेचबिखनका विषयमा ४५ वटा सामुदायिक अभिमुखीकरण तालीमका माध्यमबाट एक हजार ९५३ लाभान्वित गराइएको छ । 

कार्यक्रममा नेपाल स्वतन्त्र होटल, क्यासिनो र रेस्टुराँ मजदुर युनियनका महासचिव दीपक सापकोटाले सो व्यवसायलाई औपचारिक व्यवसायका रुपमा विकास गरिने जानकारी गराउँदै त्यस क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिने बताउनुभयो । 

कार्यक्रममा सहभागी प्रहरी अधिकारीले सो क्षेत्रमा नियमविपरीत बालबालिकालाई श्रममा लगाउने व्यवसायीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै सेवाग्राहीबाट महिला हिंसा तथा यौनजन्य दुव्र्यवहार भएमा सम्बन्धित महिलालाई उजुरी गर्न आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस