२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखामा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर नागरिकता दिइयो

२०७४, १४ पुष शुक्रबार ११:३३

पुस १४, गोरखा । जन्मजात अपाङ्गताको समस्याबाट पीडित गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ । 

वडा सचिव शरण श्रेष्ठको पहलमा स्थानीय बासिन्दा धनबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, नायब सुब्बाद्वय मीनप्रसाद लामिछाने र हरिराम श्रेष्ठले नागरिकता प्रदान गर्नुभएको हो । 


विसं २०४५ मा जन्मिएकी लीला श्रेष्ठ, २०५९ सालमा जन्मिएकी शिला श्रेष्ठ र २०५६ सालमा जन्मिएका राजीव श्रेष्ठलाई वंशजका आधारमा नागरिकता दिइएको हो । उनीहरु सबै जन्मजात अपाङ्गता हुन् । 

अपाङ्गता परिचयपत्र बनाए पनि बोकेर जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा छोराछोरीको नागरिकता बनाउन नसकिएकोमा घरमै नागरिकता पाउँदा आफूहरु खुशी भएको धनबहादुरले बताउनुभयो । 

सोही अवसरमा शहीद लखन–७ कै वीरबहादुर गुरुङ र बिस्तारी गुरुङको नागरिकता बनाएर उपलब्ध गराइएको थियो । वीरबहादुर २००३ साल र बिस्तारी २००२ सालमा जन्मिएको भए पनि अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित थिए । 

प्रशासनबाट नागरिकतासम्बन्धी ढड्डा बोकेर अधिकृत र नासुसहित वडाध्यक्ष नागरिकता बनाउन कोटगाउँ पुगेका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई वडाध्यक्ष शरण श्रेष्ठले अपाङ्गता भएकाहरुको नागरिकता बनाउन आग्रह गरेपछि घरबाटै नागरिकता बन्ने काम सफल भएको हो । 

वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “स्थानीय तह निर्वाचनका बेला प्रचारप्रसारमा गाउँ पुग्दा एकै घरका तीनजना अपाङ्गता भएर एकै थलामा देखेको थिए । त्यसबेला आर्थिक सहयोग गर्ने तथा नागरिकता बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेको थिएँ, आज पूरा हुँदा खुशी लागेको छ ।” 

यसअघि वडाध्यक्ष श्रेष्ठकै पहलमा अपाङ्गता भएको श्रेष्ठ परिवारलाई रु एक लाख आर्थिक सहयोग मिलेको थियो । यस्तै आठजना अन्य विपन्नको पनि नागरिकता बनाएर उपलब्ध गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते