2026-09-08 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको जेलमा परेका थानेश्वर बचाउन ४५ लाख जुट्यो, यसरी परे जेल

पुस १९, काठमाडौं । निर्दोष भएर पनि साउदीको जेलमा अन्योलको जीवन बाँचिरहेका नवलपरासीका थानेश्वर अब नेपाल फर्कने भएका छन् । ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल अब नेपाल फर्किने भएका हुन्  । उनलाई जेलमुक्त गर्न थालिएको ब्लड मनी संकलन अभियान सफल भएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो । भुसालको उद्धारका लागि आवश्यक समितिले ४५ लाख ब्लड मनी संकलन गरेको हो ।

तश्विरमा: थानेश्वरकि आमा यमकला भुसाल ।

नवलपरासीको मध्यविन्दु नगरपालिका ८ घर भएका थानेश्वरको परिवार निकै गरिव छ । गरिबीलाई नै मेटाउन सवारी चालकका रुपमा उनी साउदी पुगेका थिए । तर, दुर्भाग्यबस अर्काको गल्तीका कारण भएको दुर्घटनामा अदालतले उनलाई जेलबाट छुट्न ४५ लाख ब्लड मनी माग्यो । संस्थाले थानेश्वरलाई जेलबाट छुटाउन ४५ लाख ८५ हजार रुपैयाँ जम्मा गरिसकेको छ । 

थानेश्वर बचाउ अभियानमा विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका थिए । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो ।

अभियानबाट जुटेको सबै रकम जम्मा भएपछी सरकारलाई उक्त रकम बुझाईने र सरकारले सम्बन्धित देशको नियमअनुसार ब्लड मनी स्वरुप प्रदान गरेपछि थानेस्वर जेलमुक्त हुनेछन्, उनि लगत्तै नेपाल आउनेछन् ।

थानेश्वर कसरी परे जेलमा ?

साउदी पुगेका थानेश्वर अहिले ३७ वर्षका छन् । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्किएको थियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनाको ज्यान गयो । 

साउदीको अदालतले दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वरलाई दोषी ठहर गर्यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नाममा आदेश दियो । छोरा छुटाउन हार-गुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडेर गइन् र अर्को बिहे गरेकी थिइन् । 

२०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । दुर्घटनामा पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउँन खोज्दा कम्पनीको साहूले घर आउन नदिई पुनः काममा लगाएको थियो । पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल