2026-10-06 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोलुखुम्बुलाई उज्यालो नबनाई विद्युत् बाहिर नलगिने

पुस २२, सोलुखुम्बु । प्रदेशसभा (ख) का नवनिर्वाचित सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् जिल्लामा खपत नभए मात्र बाहिर निर्यात गर्न सुझाव दिनुभएको छ । 

बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलुखुम्बुलाई उज्यालो नबनाई बाहिर विद्युत् निर्यात गर्छु भन्ने सपना नदेख्न निर्माणाधीन विद्युत् कम्पनीलाई चेतावनी दिनुभयो । जलस्रोतको धनी सोलुखुम्बुमा विभिन्न कम्पनीमार्फत विद्युत् उत्पादन हुँदैछ । 

च्याल्सा विद्युत्को मुनाफा ९.७ प्रतिशत कम 

सल्लेरी च्याल्सा विद्युत् कंले आव २०७३÷७४ मा अघिल्लो आवको तुलनामा ९.७ प्रतिशतले आफ्नो खुद नाफामा कमी आएको प्रतिवेदन सार्वजनिक गरेको छ । आव २०७२/७३ मा रु एक करोड १८ लाख आठ हजार २६५ खुद नाफा कमाउन सफल भएकामा आव ०७३÷७४ मा रु ९१ लाख ९७ हजार ७०५ खुद नाफा भएको छ । 

आव २०७२/७३ मा नाजिङ र तोजिङ विद्युत् उपभोक्तालाई विद्युत् वितरण प्रणालीको काम गर्दा मुनाफामा कमी आएको कम्पनीका निवर्तमान कावा अध्यक्ष आङ्दामी शेर्पाले बताउनुभयो । 

कम्पनीको नयाँ योजना 

कम्पनीले निकट भविष्यमै एसएमएसमार्फत विद्युत् महसुलको जानकारी दिइने तथा अनलाइन पेमेन्टमार्फत विद्युत् महसुल भुक्तानी गर्न शुरुआत गर्ने आगामी वर्षको योजना रहेको जनाएको छ । 

छ सय ३३ किलोवाट क्षमताको कम्पनीको अहिले एक हजार ९०० घरधुरीले विद्युत् उपभोग गरिरहेका छन् । दैनिक एक घण्टा विद्युत्भार कटौती खेप्नुपरे पनि कम्पनीको सेवाप्रति सेवाग्राही सन्तुष्ट रहेको सेवाग्राही लक्ष्मण श्रेष्ठले बताउनुभयो । 

अध्यक्षमा डा शेर्पा 

च्याल्सा विद्युत् कम्पनीको नयाँ सञ्चालक समितिका अध्यक्षमा डा मिङ्मार ग्याल्जेन शेर्पा सर्वसहमतिले चयन हुनुभएको छ । साधारणसभाको बन्दसत्रले सञ्चालक समिति सदस्यमा आङ्दामी शेर्पा र दोर्जी शेर्पालाई चयन गरेको छ । अन्य सञ्चालक समिति सदस्य भने नेपाल विद्युत् प्राधिकरणबाट मनोनयन गर्ने कम्पनीले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै