२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीको बयान: मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्

२०७४, २५ पुष मंगलवार १०:०८

पुस २५, काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सर्वाेच्च अदालतमा बयान दिएका छन् । 

डा केसीले आफ्नो बयानमा आफूले अदालतको अवहेलना गरेको नभई सवोच्च अदालतका प्रधानन्याधीस गोपाल पराजुलीले अदालतको अवहेलना गरेका बताएका छन् ।

केसीले दिएको बयानमा प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनिमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत उल्लेख गएका छन् । 

पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६/७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए । 

उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६/७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’

उनले अघि भनेका छन्, ‘एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ ।’

डा केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उहाँबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् । 

सर्वोच्चको आदेशपछि अनस्थल स्थलबाटै पक्राउ परेका डा. केसीलाई विहानै अदालत लगिएको थियो । उनको बयान सकिएको छ र, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस