पुस २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । 

कामपाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । 

कामपाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुक"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका भित्री सडकमा सवारी चलाउन कहाँ कहाँ पाइँदैन ? (सूचीसहित)

२०७४, २६ पुष बुधबार १५:२२

पुस २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । 

कामपाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी साधन गुड्न रोक लगाउन लागेको जानकारी दिएको हो ।

कामपाको वडा नम्बर १७, १८, १९, २२, २४, २५ र २७ भित्री क्षेत्रका शहर भएको हुँदा यस क्षेत्रभित्र रहेका सम्पदा बचाउन चारपांग्रे सवारी निषेध आवश्यक रहेको कामपाकी उपप्रमुख हरिप्रभा खड्गीले बताउनुभयो ।

‘सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सञ्चालन गर्न सकिन्छ’, महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरीक्षक विदुरकुमार थापाले चारपांग्रे सवारी साधनका कारण भित्री सडकका पैदल यात्रुले कष्टपूर्वक यात्रा गर्नु परेकाले सो क्षेत्रमा चारपांग्रे सवारी साधन निषेध गर्न आवश्यक रहेको बताउनुभयो ।

बिरामी, सुत्केरी ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइने कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिनुभयो । भोटाहिटीबाट असन चोकसम्म चारपांग्रे सवारी साधनलाई एकतर्फी निषेधित क्षेत्र बनाइएको छ ।

यस्तै, नयाँ व्यवस्थाअनुसार नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा टेंङ्गलबाट बांङ्गेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट थँहिटी हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाउने छ ।

साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ, ज्याथाबाट त्यौड, थँहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपांग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिनेछ । बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म भने सबै खालका सवारी साधन आवतजावत गर्न पाउनेछ ।

कोही व्यक्ति वा संस्थालाई निषेध गरिएकै समयमा सवारी साधनको आवश्यक परि सञ्चालन गर्न परेमा वडा कार्यालय वा ट्राफिक प्रहरीसँग सम्पर्क गर्नुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै