२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा शाक्य

२०७४, ३० पुष आईतवार ११:२५

पुस ३०, काठमाडौँ,   साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा गुह्यरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासंघको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । 

महासंघले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एशोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको सहभागितामा भएको सो सभाले सो कार्यसमितिको पदेन अध्यक्षमा निवर्तमान अध्यक्ष जंगबहादुर श्रेष्ठ, सहअध्यक्षमा गणेशबहादुर सुवेदी, वरिष्ठ उपाध्यक्षमा गिरिराज गौतम, प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा बलराम भण्डारी, मदन महर्जन र हिराबहादुर प्रधान, तृतीय उपाध्यक्षमा नरेशप्रसाद सिंह, शैलेन्द्रमोहन झा र चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुइँटेल निर्वाचित हुनुभएको छ । 

त्यस्तै महिला उपाध्यक्षमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्तीमगर निर्वाचित हुनुभएको छ भने वस्तुगत संघमध्येबाट उपाध्यक्षमा माधव केसी, एशोसिएट सदस्यमध्येबाट उपाध्यक्षमा विजु शाक्य, महासचिवमा सुमन सुवाल, कोषाध्यक्षमा धर्मनन्द श्रेष्ठ, सचिवमा विश्वराम दुवाल, सहकोषाध्यक्षमा यज्ञबहादुर थापा निर्वाचित हुनुभएको महासंघले जनाएको छ । 

शाखा÷जिल्ला संघबाट केन्द्रीय सदस्यमा केदारकुमार कटुवाल, सलिनालामा, सुवास महर्जन, कृष्णप्रसाद शर्मा, शर्मिला कार्की, रेखाबहादुर अधिकारी, छेटुप तामाङ र कोमलप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ । (रासस) 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण