२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुटे जाजरकोटी, काठमाडौँमा महोत्सव हुने

२०७४, ६ माघ शनिबार ११:३१

माघ ६, काठमाडौं । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो । 

शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले जाजरकोट नराम्रो प्रचारबाट पीडित भएको बताए । उनीहरुले जाजरकोटको सम्भावनाबारे कहिल्यै छलफल नभएको गुनासो गरेका थिए । उनीहरुले गलत प्रचार भइरहेको बेला मेला आयोजना हुनु राम्रो भएको धारणा राखेका थिए । 


कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व सभासद् कालिबहादुर मल्लले जाजरकोट सम्भावनाको खानी र लोक संस्कृतिको धनी भएपनि प्रचारमा आउन नसकेको बताउँदै त्यसको लागि मेलाले त्यसमा सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । 

माओवादी केन्द्रका नेता मल्लले राजधानीमा आयोजना हुन लागेको मेला शान्त तलाउमा ढुंगा हानेजस्तै हुने बताए । मल्लले मेलाले नयाँ सन्देश मात्रै छर्ने नभएर जाजरकोटीहरुलाई जागरुक बनाउन सहयोग गर्ने बताए ।

जाजरकोट प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य गणेश सिंहले जाजरकोटी जनताको इच्छा पुरा गर्न आफनो काँधमा नयाँ जिम्मेवारी आएको बताए । उनले काठमाडांैमा हुन लागेको जाजरकोटी लोक संस्कृती तथा परम्परागत मेला जिल्लाको लागि नयाँ सुरुवात हुने विश्वास व्यक्त गरे । 

पुर्वसांसद तथा नेकपा एमालेका नेता गोविन्द बिक्रम शाहले जाजरकोटको संस्कृति सिंगो नेपालको पहिचान मुलक संस्कृति रहेको बताए । शाहले जिल्ला सम्भावनाहरूको खोजीमा रहेको बताए । काठमाडौँमा हुने राष्ट्रिय प्रदशनीको लागि तयारी ब्यापक हुनुपर्ने धारण राखे ।

नेकपा एमालेका युवा नेता निरज आचार्यले जाजरकोटमा भएका अथाह सम्भावनाका कुरा बाहिर ल्याउन नसकेको कुरा बताए । उनले ढिमेको खाँडोलगायत जिल्लाका विभिन्न ठाउँमा रहेका महत्वपुर्ण चिनारीहरुलाई बाहिर ल्याउन सबैको दायीत्व भएको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ती आचार्य कुनैबेला काठमाडौलाई चुनौती दिइरहेको जाजरकोट पर्दापछाडी रहनु दुःखद कुरा रहेकोे बताए । आचार्यले प्राकृतिक र संस्कृतीको धनी भएर पनि सम्भावनाहरुलाई पहिल्याउन नसक्नु सबैको कमोजारी रहेको धारणा राखे । उनले काठमाडौंमा हुने जाजरकोटको संस्कृतिक प्रदशनी हरेक हिसाबले महत्वपूर्ण रहेको बताउँदै सफल बनाउन बनाउन सबैका दायित्व रहेको बताए । 

कार्यक्रममा डा. दिर्घ आरसीले नराम्रो कुराको मात्रै प्रचार नभएर राम्रो कुराको प्रचार हुनुपर्ने बताए । सिभिल हस्पिटलका निर्देशक समेत रहेका डा. आरसीले गलत कुराको प्रचार बढी हुनुले जाजरकोटप्रति सबैको बुझाई गलत हुने बताउँदै मेलाले त्यसलाई चिर्ने विश्वास व्यक्त गरे । 

जाजरकोट सम्भावना बोकेको जिल्ला भएको बताउँदै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले गफ चुटेर बस्नुभन्दा काम गर्नतिर लाग्नुपर्ने धारणा राखे । घर्तीले जाजरकोटप्रतिको बुझाई बदल्नु पर्ने बताए । उनले फराकिलो मन बनाएर जाजरकोटको विकासका लागि लागिपर्नु पर्ने बताए  । मेयर घर्तीले काठमाडौंमा हुन लागेको मेला तथा प्रदर्शनीले जाजारकोटको विकासको लागि महत्वपूर्ण हुने बताए । 

क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जाजरकोट राज्यको उचित ब्यवस्थापन र नितिमा सहि दृष्टिकोण नभएका कारण पछि परेको बताए । 

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका चलाउनेले राज्य ब्यवस्था नै सहि पोजीशनमा नभएकोले त्यसको उदाहरण जाजरकोट भएको बताए । चलाउनेले जिल्लाको बारेमा जिल्लाको सहि पहिचान निमार्णमा मेलाले सहयोग गर्ने धारणा राखे । 

कार्यक्रममा नेकपा एमाले जाजारकोटका अध्यक्ष डम्बर सिंहले जाजरकोटकोलाई नयाँ तरिकाले अगाडि बढाउन आवश्यक भएको बताए । अध्यक्ष सिंहले सम्भावना भएर पनि भोक, रोगबाट जाजरकोट पीडित हुने दुःखद् भएको धारणा राखे । उनले कामामाडौँमा हुन लागेको मेलाले जाजकोटलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 

जाजरकोटकी वुद्धिजिवी हेरम्भ शाहले जाजरकोटलाई दाय होइन नभएर सम्भवना खोजी गर्ने नेतृत्व आवश्यक भएको बताए । त्यसैगरी सामाजसेवी यज्ञबिक्रम शाहीले जाजरकोटकोट परिबर्तन गर्न सबैको सहकार्यको आबश्यक्ता रहेको बताए । शाहीले जिल्लामा अब सम्भावनाहरूको खोजी गर्दै समृद्धितर्फ लम्कनुपर्ने धारणा राखे । 

जाजरकोटी सेवा सामाजका अध्यक्ष समेत रहेका शाहीले काठमाडौँमा हुन लागेको मेला ऐतिहासिक हुने समेत बताए । 

त्यसैगरी जाजरकोटका पुराना तथा अनुभवि पत्रकार हरिहरसिंह राठौरले दलहरूले जिल्लाको वास्तविकतालाई बुझ्न नसकेको बताए । उनले राजनीतिक दलहरूको खिचातानीले जिल्ला थिलो थिलो परेको भन्दै नेताहरू सुर्धिन जरूरी रहेको धारणा राखे । जिल्लाको मुहार बदल्न सबैको भुमिका महत्वपुर्ण रहेको भन्दै सबै लागि पर्नु पर्ने बताए । 

पत्रकार राठौरले काठमाडौँमा हुन लागेको मेलाले जाजरकोट जिल्लाको वास्तविकताको उजागार गर्ने विश्वास व्यक्त गरे । 

आउँदो फागुनमा काठमाडौँमा जाजारकोटको लोक संस्कृति तथा पर्यटन मेला लाग्ने भएको छ । अन्तरक्रिया कार्याक्रमको संचालन पत्रकार भौतिक मल्लले गरेका थिए भने अध्यक्ष पार्वती थापाले गरेकी थिइन ।   

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण