२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण

२०७४, १० माघ बुधबार ०७:४२

माघ १०, काठमाडौँ | प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा आगामी सोमबार राजधानी आउँदै हुनुहुन्छ । 

भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको हकअधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ति तथा तिनका परिवारसँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । 

विशेष समाधीक्षकले आगामी जेठ÷असारमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । 

स्वतन्त्ररुपमा प्रस्तुत हुने उक्त प्रतिवेदनमा उहाँले नेपाली प्रवासी कामदार विश्वका कुनै पनि मुलुकमा शोषणमा पर्न नहुने तथा उनीहरुमाथिका दमन र अत्याचारविरुद्ध आवाज उठाउँदै आप्रवासी कामदारका मानवाधिकार संरक्षणमा जोड दिने अपेक्षा गरिएको छ । 

यसैबीच, जेनेभाबाट मानवअधिकार परिषद्ले जारी गरेको वक्तव्यमा विशेष समाधीक्षकले नेपाल भ्रमणको आमन्त्रण पाएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ । 

उहाँले दैनिक एक हजार ६०० नेपाली वैदेशिक रोजगारीमा विदेशिने गरेका र देशको कूल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतको विप्रेषण योगदान रहेको बताउनुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण