१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण

१० माघ २०७४, बुधबार ०७:४२

माघ १०, काठमाडौँ | प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा आगामी सोमबार राजधानी आउँदै हुनुहुन्छ । 

भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको हकअधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ति तथा तिनका परिवारसँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । 

विशेष समाधीक्षकले आगामी जेठ÷असारमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । 

स्वतन्त्ररुपमा प्रस्तुत हुने उक्त प्रतिवेदनमा उहाँले नेपाली प्रवासी कामदार विश्वका कुनै पनि मुलुकमा शोषणमा पर्न नहुने तथा उनीहरुमाथिका दमन र अत्याचारविरुद्ध आवाज उठाउँदै आप्रवासी कामदारका मानवाधिकार संरक्षणमा जोड दिने अपेक्षा गरिएको छ । 

यसैबीच, जेनेभाबाट मानवअधिकार परिषद्ले जारी गरेको वक्तव्यमा विशेष समाधीक्षकले नेपाल भ्रमणको आमन्त्रण पाएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ । 

उहाँले दैनिक एक हजार ६०० नेपाली वैदेशिक रोजगारीमा विदेशिने गरेका र देशको कूल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतको विप्रेषण योगदान रहेको बताउनुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार