१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि शहीद सप्ताह शुरु, पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

१० माघ २०७४, बुधबार ०९:१५

माघ १०, काठमाडौँ | देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले आजदेखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शहादत प्राप्त गर्नुभएको टेकू खरिबोटमा उहाँको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ । 

माल्यार्पण गर्ने क्रममा कामपाका प्रमुख शाक्यले शहीदको बलिदानले आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सम्भव भएको भन्दै प्राप्त उपलब्धिको संस्थागत एवं सदुपयोगले शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । 

विसं १९५० मा बनारसमा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । यसै क्रममा काठमाडौंको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । 

जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाई उहाँलार्ई १९९७ माघ १० गते टेकू पचलीस्थित खरिबोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । 

शास्त्रीको श्रद्धाञ्जलिसभा भएको उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो । 

त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा हुनेछ । 

त्यसैगरी माघ १६ गते सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जलिसभा हुनेछ । यसैबीचमा महानगरले स्वास्थ्य शिविर तथा विद्यालयस्तरीय वकृत्वकला कार्यक्रमको आयोजना पनि गर्नेछ । करिब २० वर्षपछि कामपाले जनप्रतिनिधिको साथमा सहिद सप्ताह मनाउन शुरु गरेको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार