Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गोरखामा २८१ विद्यालय पुनःनिर्माण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १८, गोरखा | भूकम्पले भत्केका गोरखाका ४४२ वटा विद्यालय भवनमध्ये २८१ वटा पुनःनिर्माण भएका छन् । भवन निर्माण भएपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ ।

एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा धेरै विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ । गोरखा नपामा ४० वटा र गण्डकी गाउँपालिकामा ३७ वटा भवन निर्माण भएका छन् ।

भीमसेन थापा गाउँपालिकामा ३६, पालुङटार नपामा ३०, आरुघाट गापामा १८, अजिरकोट गापामा १९, चुमनुब्री गापामा १३, सिरानचोक गापामा २७, बारपाक सुलिकोट गापामा २४ वटा, धार्चे गापामा ७, शहीदलखन गापामा २४ वटा विद्यालय बनेका हुन् ।

भूकम्पले भत्केका १६१ विद्यालय पुनःनिर्माण गर्न बाँकी छ । जिशिअ दीपेन्द्र सुवेदीले आर्थिक स्रोत अभावले धमाधम विद्यालय पुनःनिर्माण गर्न नसकिएको बताउनुभयो । “आधारभूत तहका विद्यालय भवन पुनःनिर्माणमा स्रोत अभाव छ” सुवेदीले भन्नुभयो ।

आउँदो वर्षभित्र सबै विद्यालय भवन पुनःनिर्माण गरिसक्ने जिशिकाको तयारी छ । बजेट माग गरिएको बताउँदै सुवेदीले सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा विद्यालय भवन पुनःनिर्माण गरिने बताउनुभयो । पुनःनिर्माण सकेका विद्यालय भवन भूकम्प प्रतिरोधी छन् । रासस