२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट नेपाल आउन बोर्डिङ पास समेत लिएका भीमसेनले युएईमै गरे आत्महत्या

१९ माघ २०७४, शुक्रबार ०७:२३

माघ १९, दुबई | भिषा नै क्यान्सिल गरेर नेपाल फर्किएका पाल्पाका भिमसेन दमाईले बिमानस्थलबाट फर्किएर युएइमै आत्महत्या गरेका छन् । गत शनिबार दमाईले नेपाल फर्कन भन्दै कम्पनीबाट भिसा रद्द गरेर नेपाल फर्कने क्रममा युएईकै सारजाह विमानस्थलबाट फर्किएर आत्महत्या गरेका हुन् । 

दमाई १३ वर्ष अघि सारजाहको प्लाटिनम ३ एलटिडी साफ जोन कम्पनीमा सुपरभाइजरको रुपमा कार्यरत थिए । नेपाल फर्कने क्रममा उनले बोर्डिङ पास समेत लिएका थिए । उनले एयर अरेवियाको फ्लाइटमा नेपाल आउने तयारीमा थिए । तर उनि त्यस लगत्तै बेखबर भए । नेपाल एयरपोर्टमा उनि आउने आशामा कुरेर बसेकि उनकी श्रीमती, १४ वर्षीय छोरो र जेठान समेत उनि नआएपछी आत्तिएका थिए । भिमसेनले नेपाल फर्कंदै गरेको कुरा उनले परिवारलाई नभनेको तर साथीहरुले घरमा खबर गरिदिएका थिए । 

तर भीमसेनलाई उनका साथीहरुले मध्यरातमा लेवर क्याम्पको शौचालयमा मृत अवस्थामा फेला पारे । उनि शौचालयको सिलिङमा पासो लगाएको अवस्थामा भेटिएका थिए । नेपाल जान बोर्डिंग पास समेत लिएका भीमसेन कतिखेर एयरपोर्टबाट फर्किएर आई पासो लगाई आत्महत्या गरे कसैलाई पत्तो भएन । मध्यरातको १२ बज्न लाग्दा भीमसेनले लेवर क्याम्पको गेटबाट इन्ट्री भएका थिए । चिनजानकै चौकीदारले फर्कनुको कारण सोध्दा उनले उडान रद्द भएको भनेका थिए । तर लगत्तै उनि कोठामा नगई सौचालय गएर झुन्डिएर आत्म हत्या गरेको बताइएको छ । पछी मध्येराति कोठाका साथी शौचालय जाँदा निकैबेर शौचालयबाट मान्छे ननिस्केपछि सुरक्षाकर्मीको सहयोगमा ढोका फोर्दा भीमसेन झुण्डिएको अवस्थामा भेटिएका थिए । गेटबाट छिरेको १५ मिनेटकै अवधिमा उनले आत्महत्या गरेको बताइएको छ । 

अहिले भिमसेनको शव कुवेती अस्पतालमा राखिएको छ । अनुसन्धानले पनि भिमसेनले आत्महत्या गरेको खुलेको छ । ऋण तिर्न नसकेर आत्महत्या गरेको हुनसक्ने अनुमान छ । ऋण तिर्नुपर्ने भएकै कारण भीमसेनले परिवारलाई समेत आफु नेपाल आउन लागेको कुरा थाहा नदिएको उनका साथीहरुले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार