८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पारिवारिक अवस्था सुधारमा कोशेढुंगा सावित हुँदै वित्तीय साक्षरता

१ फाल्गुन २०७४, मंगलवार ०३:५८

रमेशकुमार वली | फागुन १, सल्यान (रासस) | छोराछोरीले बाबुआमालाई वृद्धाश्रम पुर्याउँछन् भन्ने सुन्ने बित्तिकै छत्रेश्वरी गाउँपालिका–१ दहखोलाकी ५५ वर्षीया पार्वती भण्डारीका आँखा आँशुले टलपल भरिएर आए । 

उहाँसँगै बसेका उहाँका श्रीमान् ७० वर्षीय भीमबहादुर भण्डारीसमेत भक्कानिएर रुनथालेपछि वरिपरिका सबै भावविह्वल बने । उमेरमा पैसा कमाएर बचाउन नसके बूढेसकालमा दुःख पाइन्छ भन्ने कुराले मन छोएपछि पार्वती र उहाँका श्रीमान् दुवैले मन थाम्न सक्नुभएन । 

छोराहरु पैसा कमाउन विदेश गएको र छोरीहरुको विवाह भइसकेपछि घरमा एक्लै भएका भीमबहादुरका दम्पतीले वित्तीय साक्षरता कक्षा पढेपछि आफूहरु आफ्नै घरमा बस्दा पनि वृद्धाश्रममा पुगेकोजस्तो अनुभूति गर्नुभयो । 

“छोराहरुले विदेशमा कस्तो काम गर्छन्, सजिलो अप्ठेरो के छ, यता बिरामी हुँदा हामीलाई पानी दिने मान्छे सम्म छैन”, भण्डारीले भन्नुभयो, उमेर छँदा कमाएको पैसा अलिअलि मात्र जोगाएको भए आज छोराहरु यतै उद्योग गरेर बस्थे, विदेश जानुपर्ने थिएन ।” भीमबहादुरले भन्नुभयो । 

“उमेर छँदा कति धेरै कमाइयो होला, तर भविष्यका लागि चाहिन्छ भनेर कहिलै बचत गरिएन, नत कसैले बचत गर्नुपर्छ भनेर सिकायो, अहिले न त आफ्नो हातमा नगद पैसा छ न अब कमाउन नै सकिन्छ,” भण्डारीले भन्नुभयो, “तर पनि मनले हारेको छैन जति भए पनि बचत गर्छु ।” 

छेउमै बसेका शिक्षक पवित्र भण्डारीलाई पनि पारिवारिक हिसाबकिताब नराख्दा गरिब भइन्छ भन्ने कुरामा विश्वास नै लागेको थिएन, तर धेरै पैसा कमाउँदा पनि नगद व्यवस्थापन गर्न सकिएन भने गरिब बन्छ भन्ने कुरा राम्रोसँग बुझेपछि उहाँले पनि सहकारीमा एकैपटक रु १० हजार बचत गर्नुभयो । 

“वास्तविकमा हामीले पैसा चिनेकै रहनेछौं, कमाउँदा पैसा चिन्न सकिएन भने नकमाउँदा दुःख पाइने रहेछ,” भण्डारीले भन्नुभयो, “बचत भनेको त कान्छो छोरा पो रहेछ ।” 

कालीमाटी गाउँपालिका–२, झिगानेका ८५ वर्षीय गुरुदत्त सापकोटालाई पनि वित्तीय साक्षरताले मनै छोयो । उमेरले डाँडा काटिसक्दा पनि बचत गर्न नसकेको भनेर पछुतो मानेका सापकोटाले वित्तीय साक्षरता कक्षा समापन भएकै दिन सहकारीमा गएर रु तीन हजार ५०० जम्मा गर्नुभयो । 

सरकारले ज्येष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताबाट अहिले मासिक रु ५०० का दरले सापकोटाले बचत गर्न थाल्नुभएको छ । “उमेरमा कमाएको पैसा बचाउन सकिएन, रगत हुँदा यस्तै चल्छ भन्ने लाग्थ्यो, वित्तीय साक्षरता कक्षा पढेपछि थाहा भयो बचत गर्नु अनिवार्य रहेछ, मेरो पनि आम्दानीको स्रोत त छैन, सामाजिक सुरक्षा भत्ताबापत रु एक हजार पाउँछु त्यसैबाट आधा रकम बचत गर्न शुरु गरेको छु ।” सापकोटाले भन्नुभयो । 

वनगाड कुपिण्डे नगरपालिका–१२, भदालेकी ५३ वर्षीया मनकली रोकायाले पनि पैसा हुँदा पनि बचत गर्न नसकेको सम्झेर आँशु थाम्न सक्नु भएन । जति दुःख गरे पनि आफ्नो परिवारको आर्थिक अवस्था कहिल्यै सुधार नभएको देखेर निराश भएकी मनकलीले कमाएको थोरै पैसा बचत गरेको भए अहिले दुःख हुने थिएन भन्दै रुनुभयो । 

“पैसा कमाएर बचाउनु पर्छ भनेर कसैले सिकाएन हामी यस्तो विकटमा बस्ने मान्छेले यस्ता कुरा कसरी आफैँ थाहा पाउनु ? उमेर ढल्किसक्यो अहिले सम्झेर रुन मन लाग्छ, तर पनि जति हुन्छ बचत गर्छु, बाँचुञ्जेल मेरो हुन्छ, मरेपछि छोरानातिका लागि हुन्छ ।” मनकलीले भन्नुभयो । 

दलित विकास समाज, सल्यानद्वारा सञ्चालन भएको पहल कार्यक्रमअन्तर्गत समूहमा वित्तीय साक्षरता कक्षा सञ्चालन भएपछि धेरैका आँखा खुल्न थालेका संस्थाका अध्यक्ष निमबहादुर नेपालीले बताउनुभयो । 

“वित्तीय साक्षरता कक्षामा बचत, नगद व्यवस्थापन, ऋण योजना, पारिवारिक बजेटका बारेमा राम्रो बुझेकाले सहभागीले आफ्नो व्यवहारमा लागू गरेको मैले पाएको छु ।” अध्यक्ष नेपालीले भन्नुभयो । 

वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि नजिकका सहकारी संस्थामा सदस्य भएर नियमित बचत गर्न थालेको दलित विकास समाज, सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिनुभयो । 

सल्यानका एक नगरपालिका र दुई गाउँपालिकाका विकट नौ वटा वडामा लागू भएको पहल कार्यक्रममा दुई वर्षको अवधिमा करिब एक हजार ५०० जनाले वित्तीय साक्षरता कक्षा लिएको पुनले जानकारी दिनुभयो । “वित्तीय साक्षरता कक्षा लिएपछि सहभागीले नजिकका सहकारी संस्थामा बचत गर्न जान्छन्, अहिलेसम्म एक हजार १०० भन्दा बढी सहकारी संस्थामा सदस्य बनेर बचत शुरु गरेका छन् ।” कार्यकारी निर्देशक पुनले भन्नुभयो । 

२६ दिनसम्म चल्ने यो कक्षा समुदायमा रहेका विपन्न परिवारका लागि कोशेढुंगा सावित भएको छ । वित्तीय साक्षरता कक्षामा बचत तथा जीवन उपयोगी सीप सिकाइने भएकाले समुदायमा बचत व्यवस्थापनका लागि कोशेढुंगा सावित भएको सहकारी संस्थाका पदाधिकारी बताउँछन् । 

“१४ वर्षसम्म सहकारी संस्थामा १७३ सदस्य थिए त्यसमा पनि सदस्य घट्दै थिए, वित्तीय साक्षरता कक्षा पढेपछि दुई वर्षमा ४०० सदस्य वृद्धि भएका छन् ।” सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था कालीमाटीका अध्यक्ष कुलप्रसाद भण्डारीले भन्नुभयो । 

“बचत, ऋण, पारिवारिक बजेट निर्माण, सहकारी संस्थाको बारेमा बुझाइ र सहकारी संस्थाको क्षमता अभिवृद्धपछि धेरै सदस्य थपिएका छन्,” दमाचौर साना किसान सहकारी संस्थाका अध्यक्ष देवी चन्दले भन्नुभयो, “सदस्यले ऋण लिँदा पनि आफूलाई चाहिएको जति मात्र लिएका छन्, वित्तीय साक्षरता कक्षाले सदस्यको आर्थिक सुधार गर्न प्रभावकारी भूमिका खेलेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना