Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा उपचाररत १० बर्षे बालकको सहयोगार्थ ‘ऐ मेरो हजुर-२’ डिसीमा प्रदर्शन हुने

३ फाल्गुन २०७४, बिहीबार ०७:३६

विजय थापा/फागुन ३, वाशिंगटन डिसी  l अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापा को "ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको छ l 


नेपालमा चलचित्र निर्माण गरे पछि युरोपका विभिन्न देशहरुमा  "ऐ मेरो हजुर–२ ”सफलता पूर्वक प्रदर्शन गरे पछि अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने तयारीमा भै रहेको अवसरमा "ऐ मेरो हजुर–२ ” डिसी क्षेत्रमा प्रदर्शन गर्ने निधो गरेका हुन् l चलचित्र मार्च ४ ,२ बजे अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहर स्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुने छ l 

उनीहरुले भरतपुरमा रक्त क्यान्सरको उपचार गराई रहेका १० बर्षे बालक विवेक आचार्यको सहयोगार्थ आफ्नो चलचित्र प्रदर्शन गर्ने भएका हुन् l विवेक आचार्य लाई पप सम्राट ओम बिक्रम बिष्ट ले १ हजार डलर ईनास द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा उठेको रकम बाट हस्तान्तरण गरेका थिए l 

यसै गरि भर्जिनिया हर्नडन निवासी समाज सेवी परशु राम भण्डारीले को पहलमा संकलन गरिएको २ हजार ४४ डलर पिडितका पिता लाई ईनास भर्जिनिया द्वारा रकम पठाईएको थियो l 

गत फेब्रुअरी ११ तारिख आइतबार एक समुदाय तथा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न आई दिन सबैमा आग्रह गर्दै हौशला दिन समेत अनुरोध गरेकी छिन् l यस अघि पनि हामीले बाढी पिडित ,तराईमा शीत लहर ,परियार बैनी लाई समेत सहयोग गरेको बताईन l 


उनले अगाडी भनिन , १० बर्षे बालक विवेक आचार्य बल्ड क्यान्सर बाट पीडित लाई हामी सवै जुटेर सहयोग गर्नु पर्ने बताईन l आफ्नो चलचित्र को बारेमा धेरै बताउन चाहन्न किनभने छोटकरीमा भन्नु पर्दा सरल चलचित्र बनाएको छु l धेरै अपेक्षा नगर्न आग्रह गर्दै कलाकारले पहिलो पटक चलचित्र निर्देशन गरेको बताइन l प्रेममा आधारित तथा मसलेदार चलचित्र हो भनिन l 

निर्माता सुनिल थापा ले २० बर्ष यस क्षेत्रमा छु भने l र मेरो छैठौ चलचित्र भएको बताउदै चलचित्र को छायांकन सबै भन्दा अग्लो ठाउँमा गएर बनाईएको बताए l चलचित्र को मुख्य ध्येय पर्यटन प्रबर्धन तथा विकासको लागि गरिएको बताए l 

सुनिल थापाले मेहनत गरेर बनाएका छौ र आई दिन हुन् समेत सबैमा आग्रह गरेका छन् l कार्यकम अन्तरराष्ट्रिय नेपाली कलाकार मंच (ईनास) भर्जिनिया शाखा को अगुवाईमा प्रदर्शन हुने भएको छ l उक्त भेटघाटमा संचारकर्मी तथा सहभागीले जिज्ञासा समेत राखेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य