Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-08 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा उपचाररत १० बर्षे बालकको सहयोगार्थ ‘ऐ मेरो हजुर-२’ डिसीमा प्रदर्शन हुने

विजय थापा/फागुन ३, वाशिंगटन डिसी  l अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापा को “ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको छ l 

नेपालमा चलचित्र निर्माण गरे पछि युरोपका विभिन्न देशहरुमा  “ऐ मेरो हजुर–२ ”सफलता पूर्वक प्रदर्शन गरे पछि अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने तयारीमा भै रहेको अवसरमा “ऐ मेरो हजुर–२ ” डिसी क्षेत्रमा प्रदर्शन गर्ने निधो गरेका हुन् l चलचित्र मार्च ४ ,२ बजे अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहर स्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुने छ l 

उनीहरुले भरतपुरमा रक्त क्यान्सरको उपचार गराई रहेका १० बर्षे बालक विवेक आचार्यको सहयोगार्थ आफ्नो चलचित्र प्रदर्शन गर्ने भएका हुन् l विवेक आचार्य लाई पप सम्राट ओम बिक्रम बिष्ट ले १ हजार डलर ईनास द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा उठेको रकम बाट हस्तान्तरण गरेका थिए l 

यसै गरि भर्जिनिया हर्नडन निवासी समाज सेवी परशु राम भण्डारीले को पहलमा संकलन गरिएको २ हजार ४४ डलर पिडितका पिता लाई ईनास भर्जिनिया द्वारा रकम पठाईएको थियो l 

गत फेब्रुअरी ११ तारिख आइतबार एक समुदाय तथा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न आई दिन सबैमा आग्रह गर्दै हौशला दिन समेत अनुरोध गरेकी छिन् l यस अघि पनि हामीले बाढी पिडित ,तराईमा शीत लहर ,परियार बैनी लाई समेत सहयोग गरेको बताईन l 

उनले अगाडी भनिन , १० बर्षे बालक विवेक आचार्य बल्ड क्यान्सर बाट पीडित लाई हामी सवै जुटेर सहयोग गर्नु पर्ने बताईन l आफ्नो चलचित्र को बारेमा धेरै बताउन चाहन्न किनभने छोटकरीमा भन्नु पर्दा सरल चलचित्र बनाएको छु l धेरै अपेक्षा नगर्न आग्रह गर्दै कलाकारले पहिलो पटक चलचित्र निर्देशन गरेको बताइन l प्रेममा आधारित तथा मसलेदार चलचित्र हो भनिन l 

निर्माता सुनिल थापा ले २० बर्ष यस क्षेत्रमा छु भने l र मेरो छैठौ चलचित्र भएको बताउदै चलचित्र को छायांकन सबै भन्दा अग्लो ठाउँमा गएर बनाईएको बताए l चलचित्र को मुख्य ध्येय पर्यटन प्रबर्धन तथा विकासको लागि गरिएको बताए l 

सुनिल थापाले मेहनत गरेर बनाएका छौ र आई दिन हुन् समेत सबैमा आग्रह गरेका छन् l कार्यकम अन्तरराष्ट्रिय नेपाली कलाकार मंच (ईनास) भर्जिनिया शाखा को अगुवाईमा प्रदर्शन हुने भएको छ l उक्त भेटघाटमा संचारकर्मी तथा सहभागीले जिज्ञासा समेत राखेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ