२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पलाता गाउँमा गाडि पुगेपछि खुशीयाली

२०७४, ५ फाल्गुन शनिबार १७:३३

फागुन ५, कालीकोट । पलाता गाउँ पालिकाको घाटाचौरसम्म गाडि पुगे पछि स्थानीयले खुशीयाली मनाएका छन् । कर्णाली करिडोर अन्तर्गतको घाटाचौरसम्मको ३० किलोमिटर सडकमा गाडी गुडाउँदा स्थानीयले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानीलाई समेत भव्य स्वागत गरेका छन् । उक्त सडक खण्डमा शनिबारदेखि सानो बस सञ्चालन सुरु गरिएको छ ।

लामो समयदेखी निर्माण कार्य अन्यौलमा रहेको करिडोर नेपाली सेनाद्धारा निर्माण कार्य सुरुवात भएसँगै निर्माण कार्यले तीब्रता पाएको थियो । जुम्ला–सुर्खेत सडकखण्डको जितेबजारदेखी ३० किलोमिटर सडकमा गाडी अब नियमित यातायात सञ्चालन गरिने बताइएको छ । शनिबार कालीकोटका जिल्लाका प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बराल, गुल्मपति, कर्णाली करिडोर कार्यदलका सेनानी मिलन कार्की, निमित्त प्रहरी प्रमुख निरोज चौलागाईलगायतका अधिकारीहरुको उपस्थितीमा उक्त सडक खण्डमा यातायात सञ्चालन गरिएको हो ।

स्थानीय अधिकारीहरु र जनप्रतिनिधीहरुसहित टोली गाडि चढेर पहिलो पटक थिर्पुको घाटाचौर पुगेपछि स्थानीयले फुलमाला अविरले स्वागत गरेका छन् । पहिलो पटक थिर्पुको घाटाचौरमा गाडि पुगेपछि कर्णाली करिडोर कार्यदलका सेनानी मिलन कार्कीलाई नागरिकले अभिनन्दन गरेका छन् । ठेकेदारबाट सडक निर्माणको आशा मारिसकेको भन्दै स्थानीयले सेनाले सडक निर्माणको जिम्मा पाए पछि आफ्नो गाडि चढ्ने चाहाना पुरा भएको बताए ।

कालिकोट जिल्लामा सञ्चालनमा आएको रारा कर्णाली यातायातका गाडी र नेपाली सेनाको गाडीसहित ७ वटा गाडि शनिबार पहिलो पटक घाटाचौर पुर्याइएको हो । कर्णाली करिडोरको शान्निघाट र फुगाडा खोलामा बेलीव्रिज बनेपछि थिर्पुसम्मको सवारी यात्रा सहज भएको हो । कालीकोटको खुलालुदेखी बाजुरा, हुम्लाहुँदै चीनको सिमाना हिल्सा जोड्ने, नेपालकै उत्तर दक्षिण भारत र चीनलाई जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्ग कर्णाली करिडोरमा गाडीहरु गुड्दा कर्णालीकै विकासले गति पाउने आशा गरिएको छ ।

झण्डै १० बर्ष अगाडिदेखी सडक बिभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत करिब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रुपमा कामले तीब्रता नपाँउदा स्थानीय नागरिकहरुले आन्दोलन गरी २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय भई चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते