2026-09-08 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्विटजरल्याण्डमा मनाइयो ग्याल्पो ल्होसार

फागुन ७, स्विटजरल्याण्ड । स्विटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो  ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ‘ल्हो’ अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । शेर्पा समाज स्विटजरल्याण्डले गत आईतबार बासेल सहरमा आयोजना गरेको ग्याल्पो ल्होसारमा स्वीसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यापारी , पत्रकार लगायत स्विसमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।

फ्रान्स, जर्मन लगायत देशबाट पनि नेपालीहरुको उपस्थित रहेको कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि , पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पा गैर आवासिय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष भुमिराज गुरुङ , प्रबाशी नेपाली मंचका अध्यक्ष संजय मुडवरी लगायतका प्रतिनिधिहरुले ग्याल्पो ल्होसारको शुभकामना ब्यक्त गरेका थिए । सभ्यता, संस्कृति र जातिय पहिचानलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्धेश्यको साथ सोनाम ल्होसार मनाईएको आयोजक प्रतिनिधि पुला ( क्लाईमिङ्ग ) शेर्पा ले बताउनुभयो ।

उक्त कार्यक्रम दिनको ४ बजे सुरु भई बेलुकी ११ बजे समापन भएको थियो। कार्यक्रम आयोजक गेल्जेंग शेर्पाको अनुसार कार्यक्रम सोचे भन्दा सफल रहेको बताए। आफ्नो संस्कृतिलाई विदेशमा पनि जीवन्त राख्न ल्होछार मनाईनुपर्छ भनी प्रस्ताव ल्याउने पर्यटनदुत तथा आयोजक आङ्ग तेञ्जिङ्ग शेपाले आगामी बर्ष यसलाई अझ राम्रोसंग मनाईने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ