२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संकटमा गोरखकाली टायर उद्योग, सन्चित नोक्सानी डेढ अर्ब नाघ्यो

२०७४, २५ फाल्गुन शुक्रबार ०३:४१

मनोज पराजुली | फागुन २५, काठमाडौँ। नेपालकै एक मात्र रबर उद्योगको रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा  ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ । विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो । 

उद्योगको अवस्था अध्ययन गर्न समितीलाई ४५ दिनको म्याद

उद्योग बन्द अवस्थामा पुगेपछि संचालक समितिले सरकारको ध्यानकर्षण गराएको थियो र सो प्रश्चात सरकारले उद्योग मन्त्रालयका सहसचिव ऋषिराज कोइरालको संयोजकत्वमा एक समिती गठन गरी उद्योगको अवस्थाबारे अध्ययन गर्न ४५ दिनको समयसीमा दिएको छ । काम शुरु गरेको एक हप्ता भयो संयोजक कोइरालाले साझासबालसँग भने ''समितीले स्थलगत अध्ययन गरी संचालन गर्न सकिने नसकिने अवस्थाबारे अध्ययन गर्नेछ।”  कर्मचारी अवकासमा पठाउँदा के कति खर्च लाग्छ,पुनःसंचालन गर्न सकिने आधारहरु के के हुन सक्छन् भन्नेबारेमा स्थलगत अध्ययन गरी उपयुक्त विकल्प सहित सरकारलाई प्रतिवेदन बुझाउँछौँ सो प्रश्चात के गर्नेबारे निर्णय गर्ने अधिकार सरकारको भएको कोइरालाले बताए । 

संचित नोक्सानी १ अर्ब ५० करोड नाघ्यो

२०४१ सालमा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड नाघेको उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौला बताउँछन् । उद्योग चलाउनको लागि चालू पुजीको अभाब छ उनले भने “५/७ दिनलाई पुग्ने कच्चा पदार्थ त छ, तर उद्योग संचालन हुने वातावरण नै छैन।” स्थापनाकालमा करिब ३० करोड रुपैयाँ लगानी रहेको सो उद्योगले कर्मचारीलाई नियमित तलब खुवाउन मात्रै वार्षिक १२ करोड खर्च लाग्ने उनले बताए । 

किन बन्द भयो उद्योग ?

चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता, चर्र्काे ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको थियो । बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ । टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो । 

कर्मचारीको इच्छा स्वेच्छिक अवकासमा

उद्योग पुर्ण रुपमा बन्द अवस्थामा पुगेपछि कार्यरत सबै कर्मचारीहरुले स्वेच्छिक अवकास माग गरी निवेदन दिएको बतौला बताउँछन् । तलब पनि नपाउने काम पनि नहुने भन्दै कर्मचारीले स्वेच्छिक अवकासमा जान इच्छा देखाएका छन् बतौलाले भने “यस्तो अवस्थामा उद्योग पुन संचानमा आउने अवस्था नै छैन।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी