२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो ठाउँ जहाँ १७ दुर्घटना भईसके, प्रेत आत्मालाई शान्त पार्न भन्दै मन्दिर बनाइदै

१७ चैत्र २०७४, शनिबार १०:५८

शंकर के सी | सल्यान, १७ चैत्र । विक्रम संवत् २०४२ सालयता ५४ जनाको ज्यान जानेगरि १७ वटा बढि सवारि दुर्घटना भएको क्षेत्र सल्यान भाण्टाखोलामा शिव र विशवकर्मा बाबाको मन्दिर निर्माण गर्न थालिएको छ । राप्ती लोकमार्ग अन्तर्गत त्रिवेणि गाउँपालिका सल्यानको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने भाण्टाखोलामा सवारि दुर्घटना भइ ठूलो मात्रामा जनधनको क्षती भएकाले र अझै पनि त्यस क्षेत्रमा दुर्घटनाको क्रम नरोकिएकाले प्रेतआत्माको शान्तिका लागी मन्दिर निर्माण गरेर पुजाआजा गर्ने भन्दै स्थानीयले मन्दिर निर्माण कार्य शुरु गरेका हुन् ।

गत माघ १५ गते वडा नम्बर ५ र ६ का स्थानीयहरु भेला भएर मन्दिर निर्माणका लागी समिती गठन गरेका थिए । मान बहादुर ओलि अध्यक्ष रहेको शिव मन्दिर निर्माण समितीले अहिले विभिन्न निकायसंग सहयोग जुटाएर मन्दिर निर्माण कार्यलाइ अगाडि बढाइरहेको छ । पटक पटक भाण्टाखोला क्षेत्रमा गाडी दुर्घटना भैरहेपछि स्थानीयहरु त्यस क्षेत्रमा कुनै प्रेत आत्माको बास रहेको र उक्त आत्माले सताइरहेको निष्कर्षमा स्थानीयहरु पुगेका थिए ।

शुरुमा २०४२ सालमा यात्रुवाहक वस भाण्टा खोलामा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका थिए भने फेरि २०५९ सालमा त्यसै क्षेत्रमा अर्काे ठूलो दुर्घटना भएको थियो । जुन बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो भने ५० बढि घाइते भएको स्थानीय तथा समितीका सदस्य मान बहादुर नेपालिले बताए । यस्तै अन्य साना ठूला १५ वटा भन्दा बढि सवारि दुर्घटना भाण्टाखोला क्षेत्रमा मात्रै भएको उनले बताए । गत माघ ८ गते पनि बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।


त्यस पछि गठन भएको समितीले मन्दिर निर्माण कार्य शुरु गरेको थियो । समितीका अध्यक्ष मान बहादुर ओलिले भने, ‘अहिले सम्म मन्दिर निर्माणका लागी ४ वटा पिलर उठाएर सडक लेवल सम्म ढलान कार्य सकिएको छ ।’ अव मन्दिर निर्माण कार्य पुरा गर्नका लागी १० लाख बढि लाग्ने अध्यक्ष ओलिले जनाए । पिलर निर्माण र ढलानका लागी २ लाख ४३ हजार रुपैयाँ सकिएको समितीका सदस्य प्रेम सेर्पाइलीले जानकारि दिएका छन् । ‘हामीले खर्च गरेको २ लाख ४३ हजार रुपैयाँ स्थानीयवासि, गाडीधनी तथा विभिन्न सहयोगी दाताहरुबाट संकलन गरेका थियौँ,’ उनले भने, ‘अझै १ लाख आवश्यक पर्ने देखिएकाले सहयोग जुटाउने अभियान जारि राखेका छौँ ।’

सहयोग जुटाउनका लागी समितीले गाउापालिका, जिल्ला प्रशासन, वडा कार्यालय लगाएतका निकायसंग अनुरोध गरेको छ । यद्यपि सोँचे अनुसारको सहयोग जुट्न नसकेको समितीका सदस्य सेर्पाइलीले जनाए । मन्दिर निर्माण कार्य आगामी वडा दशैँ सम्म सक्ने लक्ष्य लिएको समितीले विभिन्न निकायको सहयोगको अपेक्षा गरेको छ । सडकको छेउँमा निर्माण हुन लागेको शिव मन्दिर तथा विशवकर्मा बाबाको मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरुको नाम उल्लेख गर्ने समितीले जनाएको छ । समितीको निर्णय अनुसार ५ हजार सम्म सहयोग गर्ने व्यक्ति र १० हजार सम्म सहयोग गर्ने संघ, संस्था वा कार्यालयको नाम शिलालेखमा उल्लेख गरिने छ ।  

त्रिवेणि ६ सल्लेखालाका स्थानीय जानकी रावतले पहिले पहिले भाण्टाखोला स्थीत बैगाडा खोलामा कुनै अनिष्ट नहोस् भनेर पुजाआजा गर्ने गर्दथे । ‘पुजा आजा, धारधुप नगर्दा ज्युला ल्याएका लालावाला हराउने, मर्ने तथा हराउने गर्दथे । यस हिसावले पनि यहाँ कुनै शक्ति वा प्रेतआत्मा छ भन्ने पुष्टी हुन्छ,’ उनले भनिन्, ‘त्यहि प्रेत आत्माले दुर्घटना गराइरहेको छ भन्ने निष्कर्णमा पुगेर हामीले मन्दिर निर्माण गर्न लागेका हौँ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश