2026-10-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो ठाउँ जहाँ १७ दुर्घटना भईसके, प्रेत आत्मालाई शान्त पार्न भन्दै मन्दिर बनाइदै

शंकर के सी | सल्यान, १७ चैत्र । विक्रम संवत् २०४२ सालयता ५४ जनाको ज्यान जानेगरि १७ वटा बढि सवारि दुर्घटना भएको क्षेत्र सल्यान भाण्टाखोलामा शिव र विशवकर्मा बाबाको मन्दिर निर्माण गर्न थालिएको छ । राप्ती लोकमार्ग अन्तर्गत त्रिवेणि गाउँपालिका सल्यानको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने भाण्टाखोलामा सवारि दुर्घटना भइ ठूलो मात्रामा जनधनको क्षती भएकाले र अझै पनि त्यस क्षेत्रमा दुर्घटनाको क्रम नरोकिएकाले प्रेतआत्माको शान्तिका लागी मन्दिर निर्माण गरेर पुजाआजा गर्ने भन्दै स्थानीयले मन्दिर निर्माण कार्य शुरु गरेका हुन् ।

गत माघ १५ गते वडा नम्बर ५ र ६ का स्थानीयहरु भेला भएर मन्दिर निर्माणका लागी समिती गठन गरेका थिए । मान बहादुर ओलि अध्यक्ष रहेको शिव मन्दिर निर्माण समितीले अहिले विभिन्न निकायसंग सहयोग जुटाएर मन्दिर निर्माण कार्यलाइ अगाडि बढाइरहेको छ । पटक पटक भाण्टाखोला क्षेत्रमा गाडी दुर्घटना भैरहेपछि स्थानीयहरु त्यस क्षेत्रमा कुनै प्रेत आत्माको बास रहेको र उक्त आत्माले सताइरहेको निष्कर्षमा स्थानीयहरु पुगेका थिए ।

शुरुमा २०४२ सालमा यात्रुवाहक वस भाण्टा खोलामा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका थिए भने फेरि २०५९ सालमा त्यसै क्षेत्रमा अर्काे ठूलो दुर्घटना भएको थियो । जुन बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो भने ५० बढि घाइते भएको स्थानीय तथा समितीका सदस्य मान बहादुर नेपालिले बताए । यस्तै अन्य साना ठूला १५ वटा भन्दा बढि सवारि दुर्घटना भाण्टाखोला क्षेत्रमा मात्रै भएको उनले बताए । गत माघ ८ गते पनि बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

त्यस पछि गठन भएको समितीले मन्दिर निर्माण कार्य शुरु गरेको थियो । समितीका अध्यक्ष मान बहादुर ओलिले भने, ‘अहिले सम्म मन्दिर निर्माणका लागी ४ वटा पिलर उठाएर सडक लेवल सम्म ढलान कार्य सकिएको छ ।’ अव मन्दिर निर्माण कार्य पुरा गर्नका लागी १० लाख बढि लाग्ने अध्यक्ष ओलिले जनाए । पिलर निर्माण र ढलानका लागी २ लाख ४३ हजार रुपैयाँ सकिएको समितीका सदस्य प्रेम सेर्पाइलीले जानकारि दिएका छन् । ‘हामीले खर्च गरेको २ लाख ४३ हजार रुपैयाँ स्थानीयवासि, गाडीधनी तथा विभिन्न सहयोगी दाताहरुबाट संकलन गरेका थियौँ,’ उनले भने, ‘अझै १ लाख आवश्यक पर्ने देखिएकाले सहयोग जुटाउने अभियान जारि राखेका छौँ ।’

सहयोग जुटाउनका लागी समितीले गाउापालिका, जिल्ला प्रशासन, वडा कार्यालय लगाएतका निकायसंग अनुरोध गरेको छ । यद्यपि सोँचे अनुसारको सहयोग जुट्न नसकेको समितीका सदस्य सेर्पाइलीले जनाए । मन्दिर निर्माण कार्य आगामी वडा दशैँ सम्म सक्ने लक्ष्य लिएको समितीले विभिन्न निकायको सहयोगको अपेक्षा गरेको छ । सडकको छेउँमा निर्माण हुन लागेको शिव मन्दिर तथा विशवकर्मा बाबाको मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरुको नाम उल्लेख गर्ने समितीले जनाएको छ । समितीको निर्णय अनुसार ५ हजार सम्म सहयोग गर्ने व्यक्ति र १० हजार सम्म सहयोग गर्ने संघ, संस्था वा कार्यालयको नाम शिलालेखमा उल्लेख गरिने छ ।  

त्रिवेणि ६ सल्लेखालाका स्थानीय जानकी रावतले पहिले पहिले भाण्टाखोला स्थीत बैगाडा खोलामा कुनै अनिष्ट नहोस् भनेर पुजाआजा गर्ने गर्दथे । ‘पुजा आजा, धारधुप नगर्दा ज्युला ल्याएका लालावाला हराउने, मर्ने तथा हराउने गर्दथे । यस हिसावले पनि यहाँ कुनै शक्ति वा प्रेतआत्मा छ भन्ने पुष्टी हुन्छ,’ उनले भनिन्, ‘त्यहि प्रेत आत्माले दुर्घटना गराइरहेको छ भन्ने निष्कर्णमा पुगेर हामीले मन्दिर निर्माण गर्न लागेका हौँ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने