2026-09-08 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले वेवास्ता गरेपछि मलेशियामै रोकियो शव

चैत २०, बेनी | रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ । 

गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु सुनिल परियारले जानकारी दिनुभयो । 

“कम्पनीले नेपाली दूतावासले एउटा कागज नदिएको बताउँछ । दूतावासमा फोन गर्दा विभिन्न बहाना बनाउँछन्” परियारले भन्नुभयो । गत आइतबार मृत्यु भएका परियारको शव एकसातासम्म अस्पतालमै रोकिँदासमेत दूतावासले सामान्य पहल नगरेको त्यहाँ कार्यरत नेपालीको गुनासो रहेको छ । 

“नेपालीकै लागि काम गर्न बसेका नेपाली दूतावासका कर्मचारीलाई मृत्युको कुनै वास्ता छैन । उहाँहरुलाई बिदामा रमाउनै ठिक्क छ”, मृतक परियार कार्यरत एसएच कम्पनीका एक नेपालीले भने । 

कम्पनीले मृतकको शवलाई तत्काल अस्पतालमा पुर्याएर आवश्यक प्रक्रिया पूरा गरी नेपाल लैजान तयारी अवस्थामा रहेको बताएको सात दिन बितिसक्दासमेत नेपाली दूतावासबाट सहयोग नभएको भन्दै नेपालीले आक्रोश पोखेका छन् । 

घरबाट आफन्तले शवलाई बेली खोलामै अन्त्येष्टिको चाहना व्यक्त गरेपछि कम्पनीमा कार्यरत नेपालीले पहल गरेका थिए । यता काठमाडौँमा रहेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले श्रम मन्त्रालय लगायत सरकारी निकायमा पहल भइरहेको बताउनुभयो । 

“नेपालमा शव ल्याए हामीले आफैँ गाउँमा पुर्याउछौँ । शव ल्याउनै समस्या भइरहेको छ” अध्यक्ष रोकाले भन्नुभयो । उहाँले एउटै गाउँका दुई युवा मलेशियामा मृत्यु भएको शोकमा गाउँ रहेको समेत बताए पनि मलेशियामै प्रक्रिया रोकिएको बताएपछि थप पहल गरिने बताउनुभयो । 

करिब पाँच वर्ष अगाडि मलेशिया पुगेका परियारको परिवारिक अवस्थासमेत निकै नाजुक छ । आर्थिक अवस्था कमजोर भएकै कारण किरिया खर्चलगायत थप सहयोग जुटाउनु पर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ