२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान

२०७५, ३ बैशाख सोमबार १०:३०

भरत प्रधान/वैशाख ३ पोर्चुगल । पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्वीरहरु टांगिएका छन् । 

नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले पार्क झकिझकाउ देखिएको छ । पार्कको एक छेउमा सजाइएको मञ्चमा नेपाली वेशभूषामा सजिएर बाल कलाकारहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । दर्शकदीर्घाबाट हजारौं नेपाली तथा विदेशीहरु त्यहाँ भइरहेका गतिविधि हेरिरहेका छन् । 

छातीमा हात, साथमा नेपाली राष्ट्रिय झण्डा । “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली”, बोलको राष्ट्रिय गीत गुञ्जिरहँदा देशप्रेमले सहभागीको मुटु ढक्क फूलेको महसुस हुन्थ्यो । एकपछि अर्को गर्दै नेपाली राष्ट्रियतासँग जोडिएका गीतहरु घन्किरहँदा दर्शकदीर्घामा सहभागीहरु कहिले नाचिरहेका देखिन्थे त कहिले गीतको तालमा ताल मिलाइरहेका देखिन्थे । यो दृश्य त्यसभित्रको कुनै कार्यक्रममा हुँदो हो त सामान्य जस्तै लाग्ने थियो होला ।

 तर यो दृश्य सात समुद्रपारि युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आइतबार देखिएको हो । 

नेपालीको परिचयसँग जोडिएका विभिन्न वेशभूषामा सजिएकाहरु लिस्बनस्थित मार्तिम मुनिज पार्कमा भेला भएर नेपाली महोत्सव मनाइरहँदा प्रवासमा रहेर पनि नेपाल मै भए जस्तै धेरैले अनुभूत गरे । नेपाली मात्रै होइन विदेशी नागरिकहरु समेत दर्शकदीर्घामा रहेर नेपाली महोत्सव नियालिरहँदा आयोजक संस्था भने यो कार्यक्रमले नेपाल र नेपालको परिचय विदेशीमाझ चिनाउन केही भएपनि योगदान दिन सकेकामा मख्ख देखिन्थे । महोत्सव वरपर राखिएका स्टलहरुमा विदेशीहरुले चासोका साथ नेपाली उत्पादन र नपाली पर्यटनको अध्ययन तथा अवलोकन गरिरहेका थिए । 

उक्त महोत्सवमा दौरा सुरुवाल, गून्यू चोलो, चौबन्दी चोलो, सारीमा मात्र हैन मगर, तामाङ, शेर्पा, नेवारी, गुरुङ वेशभूषालगायतका थरिथरिका वेशभूषामा सजिएका नेपालीहरु देखिन्थे । 

यो दृश्य नेपालीहरुका लागि सामान्य जस्तै लाग्ने भएपनि विदेशीहरुका लागि भने फरक र अनौठो दृश्य थियो । 

नेपालीहरु जस्तै विदेशी नागरिकहरु पनि चाख लाग्दो तरिकाले यी र यस्ता थुप्रै दृश्यहरु मुग्ध हेरिरहेका देखिन्थे । 

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ पोर्चुगलले पहिलोपटक आयोजना गरेको नेपाली महोत्सवमा विदेशीहरुले उत्साहका साथ अवलोकन गरेका हुन् । 

नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले विदेशी भूमि पोर्चुगलमा नेपाली महोत्सव आयोजना गरिएको हो । 

महोत्सवमा “यो नेपाली शिर उचाली, संसारमा चम्किन्छ” र “बिर्सेको छैनौं हामी, संस्कृति अझै पनि, नेपालमा हामी जन्मेको, नेपालमै मिलौंला” भन्ने गीत प्रस्तुत भइरहँदा सहभागी नेपालीहरु नेपाली झण्डा फहराउंदै नाचिरहेका देखिन्थे । 

यस्तै, ख्यातिप्राप्त लोकदोहोरी गायक जेबी वलीले लोकदोहोरी गीतमार्फत सहभागी नेपाली तथा विदेशीहरुलाई छमछमी नचाएका थिए । दुई बालिकाले यहांँको स्थानीय पोर्चुगिज भाषा मै प्रहसन समेत प्रस्तुत गरेका थिए । 

महोत्सवमा नेपाली कला र लोक संस्कृति झल्कने नेपाली वेशभूषासहितको विशेष साँस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो । 

विदेशीहरुलाई नेपालका बारेमा जानकारी दिने, नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी भूमिमा नेपाली महोत्सव गरिएको संघका अध्यक्ष कुबेर कार्कीले राससलाई बताउनुभयो । यहाँको स्थानीय प्रशासनको सहयोगमा न्यूनतम खर्चमा महोत्सव सम्पन्न गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । महोत्सवको नेपाली तथा विदेशी गरी ६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको अनुमान छ । 

महोत्सवको उद्घाटन गर्दै पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमालले नेपाली कला र लोक संस्कृति र पर्यटन प्रवद्र्धनका लागि विदेशी भूमिमा नेपाली महोत्सव आयोजना हुनु नेपालीहरुका लागि गर्वको विषय भएको बताउनुभयो । 

महोत्सवले नपालको पर्यटन उद्योग प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन दूत रमेश कुमार गुरुङले बताउनुभयो । 

महोत्सवमा पोर्चुगलबाट नेपालका लागि वाणिज्यदूत एवं उद्योगपति राजेन्द्र खेतान, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाललगायतले नेपाललाई एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 

महोत्सव नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्श तथा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको हो । 

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका सामग्री राखिएका नौ वटा स्टल राखिएका थिए । 

महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारहरु लोक दोहोरी गायक जेबी वली, गायक देव लामा, लोक गायक भगवान् भुजेल, लोक दोहोरी गायिका गीता रेउलेलगायत एक दर्जन बढी कलाकारले प्रस्तुति दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ