बैशाख ५ मुम्बई | भारतको दिल्लीमा अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी एक किशोरीले आफ्ना बाबुआमाले पीडकबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी छिन् ।
बाबुआमाले पीडकबाट स्वीकारेको ५ लाख भारतीय रुपैंया लिएर प्रहरी चौकीमा ती किशोरी पुगेपछि घटना सार्वजनिक भएको हो । किशोरीको दाबीपछि दिल्ली प्रहरीले उनको आमालाई पक्राउ गरेको छ भने फरार बाबुको खोजीकार्य भइरहेको छ। एजेन्सी