पढ्न करिब 1 मिनेट लाग्छ
<p>वैशाख १२, काठमाडौँ | अमेरिकाले अवैध रुपमा बसोबास गर्दै आएका झण्डै नौ हजार नेपालीलाई घर फर्काउने तयारी गरेको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै नौ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्ने तयारी गरेको हो । <br></p><p><img src="http://sajhasabal.com/uploads/posts/4bc9456ec55abc272d02758046f3c2051524630802.jpg" style="width: 624px; float: left;">ट्रम्प प्रशासनले अवैध रुपमा बस्दै आएका वा अस्थायी बसोबासको स्वीकृति पाएका आप्रवासीलाई घर फर्काउने अभियानअन्तर्गत अस्थायी आवास स्वीकृति पाएका नौ हजार नेपाली आप्रवासीलाई सन् २०१९ को जुनदेखि घर फर्काउने तयारी गरेको हो । होमल्याण्ड सेक्युरिटी विभागले नेपाली आप्रवासीलाई घर फर्किने तयारीका लागि एक वर्षको समय दिने भएको अमेरिकी दैनिक पत्रिका द वासिङटन पोस्टले जनाएको छ। </p><p>पछिल्लो केही महिनाअघि होमल्याण्ड सेक्युरिटी विभागले साल्भाडोरका दुई लाख तथा हाइटीका ५० हजार आप्रवासीको आवास अनुमति रद्द गरेको थियो । </p>

