२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिण्डिकेट पक्षधर ७३ व्यवसायी पक्राउ परे, छुट्नको लागि एउटा सर्त मान्नुपर्ने !

२०७५, २१ बैशाख शुक्रबार १७:४०

वैशाख २१, काठमाडौं । सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । 

गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट नौ, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी, मकवानपुर र काभे्रपलाञ्चोकबाट तीन तीन जना र कालीकोटबाट दुई जनालगायत छन् । 



गृहमन्त्रालयले अन्य जिल्लाबाट पनि पक्राउ परेकाको विवरण आउनेक्रम जारी रहेकाले यो संख्या बढ्नसक्ने जनाएको छ । सप्तकोशी बस व्यवसायी संघ, कोशी बस व्यवसायी संघ, मेची बस व्यवसायी संघ, सगरमाथा बस व्यवसायी संघ, चितवन यातायात बस व्यवसायी संघ, काभ्रे मिनीबस बस व्यवसायी संघ, कालिका यातायात सञ्चालक समिति, पश्चिम यातायात बस व्यवसायी समिति, कर्णाली बस व्यवसायी संघ, कर्णाली रिभर यातायातलगायत यातायात समितिका पदाधिकारी पक्राउ परेका हुन् ।  

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सवारी साधन चलाउने र एकाधिकार अन्त्यको सरकारको निर्णयमा समर्थन गर्ने कागज गरेमा मात्रै पक्राउ परेकालाई छाडिनेछ । सो कागज गर्न नमानेमा पक्राउ परेकालाई अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही अघि बढाइने जानकारी उहाँले दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल