गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस"/>

2026-09-08 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने

वैशाख ३१ काठमाण्डौ | अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । 

गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् । 

 कार्यक्रम उन्नत  इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्ने जनाएको छ । 

८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिका को टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ । 

प्रथम मिस नेपाल नर्थ अमेरिकाका समूहले न्यूयोर्कका प्रख्यात कार्यक्रम स्थलहरु गोथाम सभाकक्ष ,हामर्सटिन नृत्यकक्ष ,दि फिल्मोर ,क्विन्स थेटर लगायतमा कार्यक्रम आयोजना गराई सकेका छन् । यसको साथै यसै समूहमा नेपाल को ग्रामिण विकास ,पुनरुद्धार तथा भूकम्प पश्च्यात पुनर्निर्माणमा संलग्न भएका समुह समेत रहेका छन् ।

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्न जनाएको छ । यो मुद्दा सबै संसारमा चर्चाको उचाइमा रहेको छ भनि जनाएको छ । अर्को पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु गरिएको छ । 

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरि दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्वितीय बिजेता उपाधि द्वारा सम्मान गरिने छ । 

प्रतियोगिता बिजेताले अन्तर राष्ट्रिय गैर मुनाफा संस्थामा स्वयम् सेवक रुपमा काम गर्ने अवसर पाउने छन । यस्को साथै मिस ट्यालेन्ट ,मिस पपुलर ( जनता को मत द्वारा ) ,मिस डिसीप्लेन ,मिस पर्सोनालिटी तथा मिस क्याटवाक समेत उपाधि प्रदान गरिने पत्रकार भेटघाटमा जनाएका छन् । 

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने ,अविवाहित ,५ फुट २ इन्च हुनु पर्ने ,शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ),प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने ,नेपाली मूलको हुनु पर्ने ,निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ । 

बिस्तृत जानकारीको लागि [email protected], www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् । 

आयोजक समुहमा अन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक /सभापति रहेका छन् । अमेरिका मै रही बिभिन्न कार्यक्रम मार्फत सद्भावना दुत भै सकेका नविना बस्नेत उप्रेती लगायत ख्याती प्राप्त संघ/संस्था नेतृत्व गरि सकेका समुदायका व्यक्तित्वहरु सल्लाहकारमा संलग्न रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ