२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

१२ जेष्ठ २०७५, शनिबार ०९:२२

जेठ १२, टेक्सास | परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानि गर्न उचित समय आएको बताउनुभएको छ । बर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले बिदेशमा रहेका नेपालीले अहिले मातृभुमीमा लागनी गर्न उत्तम समय रहेको तर अबको दश बर्ष पछाडि देशमा सानो लागनिको महत्व कम हुन सक्ने मन्त्री ज्ञवालीको तर्क छ । 


टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि परराष्ट्र मन्त्रालयमा बिषेश कुरा गर्दै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपालीहरु केहि जान्दैन भन्ने अहम पाल्नु भन्दा पनि नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने भावना ल्याउन सबैमा आग्रह समेत गरेका छन् । सरकारले बिदेशमा रहेका नेपालीहरुको भावनालाई सदैव कदर गर्ने बताउदैं मन्त्री ज्ञवालीले बिदेशमा रहेका सबै नेपालीहरुले आफुलाई देशको दुत सम्झेर काम गर्न समेत आग्रह गरेका छन् । आफ्नो पालामा पहिला जस्तो सम्बन्धीत देश र क्षेत्रको ज्ञान नभएका ब्यक्तीहरु राजदुत बन्न नसक्ने बताउदै मन्त्री ज्ञवालीले महावाणिज्य दुतावासको स्थापना र अवैतानिक दुतहरुको नियुक्तीका बारेमा पनि कार्यक्रममा खुलेर कुरा गरेका छन् । 

परराष्ट्र मन्त्रालयमा अड्कीरहेको एनआरएनए बिधान, गैर आवासीय नेपालीहरुले पाउने नागरिकता सम्बन्धी कानुन, नेपालको भारत र चिनसंगको सम्बन्ध, बिदेशमा रहेका नियोगहरुले उपयुक्त तरिकाले काम गर्न नसकेको बिषय लगायतका बिषयहरुलाई कार्यक्रम यु स्टाट अगेनमा प्रश्नको रुपमा प्रस्तोता सूर्य थापाले मन्त्री ज्ञवालीलाई सोधेका छन् । कतिपय नेपालीहरु बिदेशमा पुगेर नेपाल खत्तम भयो र नेपालीहरु केहि जान्दैन जस्तो भाव बोकेर गाली गरेको पनि आफुले सुन्ने गरेको बताउंदै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रमको पुर्ण भिडियो हेर्न यंहा क्लीक गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य