२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

२०७५, १२ जेष्ठ शनिबार ०९:२२

जेठ १२, टेक्सास | परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानि गर्न उचित समय आएको बताउनुभएको छ । बर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले बिदेशमा रहेका नेपालीले अहिले मातृभुमीमा लागनी गर्न उत्तम समय रहेको तर अबको दश बर्ष पछाडि देशमा सानो लागनिको महत्व कम हुन सक्ने मन्त्री ज्ञवालीको तर्क छ । 


टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि परराष्ट्र मन्त्रालयमा बिषेश कुरा गर्दै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपालीहरु केहि जान्दैन भन्ने अहम पाल्नु भन्दा पनि नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने भावना ल्याउन सबैमा आग्रह समेत गरेका छन् । सरकारले बिदेशमा रहेका नेपालीहरुको भावनालाई सदैव कदर गर्ने बताउदैं मन्त्री ज्ञवालीले बिदेशमा रहेका सबै नेपालीहरुले आफुलाई देशको दुत सम्झेर काम गर्न समेत आग्रह गरेका छन् । आफ्नो पालामा पहिला जस्तो सम्बन्धीत देश र क्षेत्रको ज्ञान नभएका ब्यक्तीहरु राजदुत बन्न नसक्ने बताउदै मन्त्री ज्ञवालीले महावाणिज्य दुतावासको स्थापना र अवैतानिक दुतहरुको नियुक्तीका बारेमा पनि कार्यक्रममा खुलेर कुरा गरेका छन् । 

परराष्ट्र मन्त्रालयमा अड्कीरहेको एनआरएनए बिधान, गैर आवासीय नेपालीहरुले पाउने नागरिकता सम्बन्धी कानुन, नेपालको भारत र चिनसंगको सम्बन्ध, बिदेशमा रहेका नियोगहरुले उपयुक्त तरिकाले काम गर्न नसकेको बिषय लगायतका बिषयहरुलाई कार्यक्रम यु स्टाट अगेनमा प्रश्नको रुपमा प्रस्तोता सूर्य थापाले मन्त्री ज्ञवालीलाई सोधेका छन् । कतिपय नेपालीहरु बिदेशमा पुगेर नेपाल खत्तम भयो र नेपालीहरु केहि जान्दैन जस्तो भाव बोकेर गाली गरेको पनि आफुले सुन्ने गरेको बताउंदै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रमको पुर्ण भिडियो हेर्न यंहा क्लीक गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित