2026-09-08 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा जेसिज सम्मेलन: नेपालको विकासमा यस्तो निष्कर्ष

पुरुषोत्तम सुवेदी | जेठ १३, जापान | जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् ।

यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो । 

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेपाल जेसिज वर्ष–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको नेतृत्वमा सम्मिलित ६० जनाको टोलीले यस्तो निष्कर्ष निकालेको छ । सम्मेलनमा युवा जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्ने गरी दस्ताबेजीकरण सहितको प्रस्तुतीकरण नेपाली टोलीले गरेको छ । 

विश्वभरका ४६ देशका युवा जमातबीच एकअर्कामा परिचय, सम्बन्ध निकटता, विश्व बजारीकरण लगायतका क्षेत्रमा विचार आदानप्रदान गरिएको थियो । 

नेपाल जेसिजको इतिहासमा पहिलो पटक सबैभन्दा धैरै संख्यामा नेपाली टोलीले सो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने अवसर पाएकाले सम्मेलन नेपाल र नेपालीका साथै नेपाल जेसिजका लागि फलदायी हुनाका साथै कोशेढुङ्गा साबित हुने नेपाल जेसिज वर्ष–२०१८ का अन्तर्राष्ट्रिय संयोजक प्रदीमन वैद्यले बताउनुभयो । 

सम्मेलनले नेपाल र नेपालीको अन्तर्राष्ट्रियजगत्मा पहिचान साथै अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको सम्मेलनमा सहभागी धपासी जेसिजका कार्यकारिणी उपाध्यक्ष अमित आचार्यले जानकारी दिनुभयो । 

सम्मेलनले नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियजगत्मा पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको सम्मेलनमा सहभागी धापासी जेसिजका उपाध्यक्ष अनिल महर्जनले जानकारी दिनुभयो । १८ दखि ४० वर्ष सम्मका युवा पंक्तिको सहभागिता रहेको सम्मेलनले विश्वभरिका युवा जनशक्तिलाई आ–आफ्नो कार्य क्षेत्रमा थप गुणस्तरीयता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा सम्मेलनको रहेको छ । सम्मेलनमा विश्वभरका ४६ देशका करीब दश हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ