पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १८ नयाँ दिल्ली | उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलामा यो दुर्घटना भएको जनाइएको छ । दओङ हिमाल नजिकै भएको यस सडक दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेलाई नजिकैको अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

चालकको लापरबाहीका कारण नै यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने गरेको पाइन्छ ।

सडकको खराबी र चालकको लापरवाही गरी ट्राफिक नियमको उल्लङ्घन गरेर सवारी चलाउने गर्नाले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरूको भनाइ रहेको छ । रासस÷सिन्ह्वा