२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

२०७५, २० जेष्ठ आईतवार ११:२८

जेष्ठ २० काठमाण्डौ | गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए ।

बैठकमा सहभागी सदस्यहरुको छोटो परिचय एवं स्वागत कार्यक्रम पश्चात उपसमितिका सल्लाहकारद्वय  डा. बोधराज सुबेदी र धरम के .सी. ले बैदेशिक रोजगारीमा बिदेशिएका नेपालीहरुको समस्या बारे जानकारी संकलन गरि त्यसको छलफल सम्बन्धित मुलुकका एनआरएनएसंग गर्नु पर्ने आबश्यकता भएको कुरामा  जोड दिएका छन्। बैठकले  नवराज पोखरेललाई  उपसमितिको उपसंयोजकमा नियुक्त गरेको छ। 

आगामी महिनामा हुने दोस्रो बैठकमा उपसमितिका सहभागी सदस्यहरुले आआफ्नो क्षेत्रमा बैदेशिक रोजगारमा बिदेशिएका नेपालीहरुका बिबिध समस्या हरुको लिखित टिप्पणी पेश गर्ने निर्णय ग-यो। 

संयोजक दिपक खरेलले दैनिक बढ्दै गइरहेको मानव तस्करी रोक्न र वैदेशिक समस्या समाधानमा सरकारसँग मिलेर काम गर्नु पर्ने आबश्यकता भएको कुरा बताएका छन्। बैठकमा संयोजक दीपक खरेल (स्पेन), उपसंयोजक नवराज पोखरेल (रोमानिया), सल्लाहकारद्वय डा. बोधराज सुबेदी(पोल्याण्ड) र धरम के.सी.(सउदी अरब), का साथै मिन कुमार श्रेष्ठ (फ्रान्स),  मित्रलाल पार्दे (पोल्याण्ड), दिनेशबाला श्रेष्ठ (ईटली), सुरेशराज त्रिपाठी (साउदी अरव), केदारनाथ ढुंगाना (स्पेन), सन्तोष पौडेल (स्पेन), आनन्द घिमिरे (पोल्याण्ड), भगवती बस्नेत,(ईजरायल) डिल्ली खरेल 'सुमन' (रसिया) र जर्मनीका डा. यज्ञ अधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा