2026-10-26 10:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भर्जिनियामा गुन्जियो नेपाली राष्ट्रिय गाना, नेपाल चिनाउने झॉकी (१० तश्विर)

जेठ २२, वाशिंगटन डिसी । नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन । 

उक्त शहरमा चलिरहेको हर्नडन मेलामा क८० हजार देखि १ लाखसम्म अमेरिकनको सहभागिता हुने अवसरलाई प्रयोग गर्दै अवदेखि हरेक साल सो झांकी गरिने जानकारी आयोजकहरुले दिएका छन् । 

यहॉका तीन वटा आयोजक स्थानीय संस्थाहरु आदर्श नेपाली समाज, एनआरएनए भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप उत्तरी भर्जिनिया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गरिएको बताउनु भयो । 

सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्त भएको थियो । 

सांसद कनल्लीले आफ्नो शुभकामना सन्देशमा भर्जिनिया जहिले पनि विविधतामा विश्वास गर्ने भएकोले नेपालीहरुको रयालीलाई स्वागत गर्दै नेपालमा भूकम्प गएको बेला यसै क्षेत्रको फेयरफ्याक्स काउन्टीबाट ठूलो स्वयंसेवक समूह बठाइएको स्मरण गराउनु भयो । 

प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपाल चिनाउने यस प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवस्यक सहयोग गर्ने बताउनु भयो । 

अर्की अतिथि हर्नडन शहरकी उपमेयर जेनिफर बेकरले हर्नडनमा आफूले पहिलो पटक यसरी नेपालीहरुलाई भेट्ने मौका पाएको र नेपालको कला र संस्कृतिबाट धेरै नै प्रभावित भएकोले आफू नेपाल घुम्न जान आतुर रहेको बताइन । शहर काउन्सिल मेम्बर बिल मकेनीले नेपाली समुदायका समस्या समाधान गर्न आफूले सस्तो सुकै प्रयास पनि गर्ने बताउनु भयो । अतिथीहरुलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गरेर देखाएका थिए भने आदर्श नेपाली समाजका तर्फबाट प्रदीप ढकालले नेपाली र नेपालको झलक तथ्यपरक रुपमा प्रस्तुत गरेका थिए। 

त्यसपछि नेपाली समुदायले हजारौं अमेरिकनहरुको सहभागिता रहेको स्थानीय हर्नडन मेला चलिरहेको स्थान हुंदै नेपाली र अमेरिकन झण्डा र ब्यानर सहित नगर परिक्रमा गरेका थिए । सो झॉकी प्रदर्शनीमा नेपाली र अमेरिकी राष्ट्रिय गीतका साथै सगरमाथाको देश नेपाल, गौतम बुद्ध जन्मेको देश नेपाल जस्ता नाराहरु गुन्जाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने