2026-10-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल यूएस २०१८ का आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त

विजय थापा | जेठ २६, वाशिंगटन डिसी | मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त भएका छन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई हालसालै नियुक्त गरिएको हो । 

दुई दशक भन्दा ज्यादा भेषभुषाको दुनियामा निरन्तर लागि रहेका मानन्धर दोश्रो पटक उनलाई सुवर्ण अवसर प्राप्त भएको छ । उनि सन् २०१४ मा पनि मिस नेपाल यूएस का आधिकारिक कोरियोग्राफर रही सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेका थिए । 

उनि ज्यादा बिदेशी भेषभुषामा संलग्न रहेका छन् भने १९९७ मा उत्कृष्ट नमुना (मोडल ) बन्न सफल भएका थिए । उनले र्याम्प मोडलिंग संस्था संग मोडल (प्रतिरुप )भै प्रशिक्षक समेत गरेका छन् भने उनले कार्ल्सवर्ग ,स्यानमिगल तथा सोल्टी क्राउन प्लाजामा आफ्नो (मोडलिंग )प्रतिरुप प्रस्तुति गरेका छन् ।  

उनले सन् २००० मा र्याम्प मोडल प्रतियोगितामा कोरियोग्राफर भै पनि काम गरि सकेका छन् । यसै गरि सन् २०१३ मा मिस नेपाल युएस का भेषभुषा प्रशिक्षक तथा सल्लाहाकार भै काम गरि सकेका छन् । 

अमेरिकाका प्रसिद्ध कोह्ल ,बेल तथा अन्य प्रसिद्ध व्यवसायका विभिन्न भेषभुषा प्रदर्शनमा प्रस्तुतिमा प्रदर्शन गरि सकेका छन् । यसै गरि मानन्धरले अमेरिकाकि प्रसिद्ध डिजाइनर (कल्पयिता)एलिना लेजुन तथा एरिक अड्लर संग काम गरि सकेका छन् । उनि अलाबामा फेशन एलाइन्स संग काम गरि रहेका छन् । 

टेक्ससको ड्यालसमा अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने छ । मिस नेपाल यूएस २०१८ को बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्ष का युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको लागि जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ ।

बिस्तृत जानकारीको लागि आधिकारिक संजाल (वेब साइट ) मा https://www.missnepalus.com/ बाट प्राप्त गर्न सकिने छ । आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने