2026-07-25 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल यूएस २०१८ का आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त

विजय थापा | जेठ २६, वाशिंगटन डिसी | मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त भएका छन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई हालसालै नियुक्त गरिएको हो । 

दुई दशक भन्दा ज्यादा भेषभुषाको दुनियामा निरन्तर लागि रहेका मानन्धर दोश्रो पटक उनलाई सुवर्ण अवसर प्राप्त भएको छ । उनि सन् २०१४ मा पनि मिस नेपाल यूएस का आधिकारिक कोरियोग्राफर रही सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेका थिए । 

उनि ज्यादा बिदेशी भेषभुषामा संलग्न रहेका छन् भने १९९७ मा उत्कृष्ट नमुना (मोडल ) बन्न सफल भएका थिए । उनले र्याम्प मोडलिंग संस्था संग मोडल (प्रतिरुप )भै प्रशिक्षक समेत गरेका छन् भने उनले कार्ल्सवर्ग ,स्यानमिगल तथा सोल्टी क्राउन प्लाजामा आफ्नो (मोडलिंग )प्रतिरुप प्रस्तुति गरेका छन् ।  

उनले सन् २००० मा र्याम्प मोडल प्रतियोगितामा कोरियोग्राफर भै पनि काम गरि सकेका छन् । यसै गरि सन् २०१३ मा मिस नेपाल युएस का भेषभुषा प्रशिक्षक तथा सल्लाहाकार भै काम गरि सकेका छन् । 

अमेरिकाका प्रसिद्ध कोह्ल ,बेल तथा अन्य प्रसिद्ध व्यवसायका विभिन्न भेषभुषा प्रदर्शनमा प्रस्तुतिमा प्रदर्शन गरि सकेका छन् । यसै गरि मानन्धरले अमेरिकाकि प्रसिद्ध डिजाइनर (कल्पयिता)एलिना लेजुन तथा एरिक अड्लर संग काम गरि सकेका छन् । उनि अलाबामा फेशन एलाइन्स संग काम गरि रहेका छन् । 

टेक्ससको ड्यालसमा अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने छ । मिस नेपाल यूएस २०१८ को बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्ष का युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको लागि जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ ।

बिस्तृत जानकारीको लागि आधिकारिक संजाल (वेब साइट ) मा https://www.missnepalus.com/ बाट प्राप्त गर्न सकिने छ । आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक