२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पुगेका प्रहरी महानिरीक्षक खनालले भने:- अब मानव तस्करले उन्मुक्ति पाउने छैनन

२०७५, १० असार आईतवार ०६:३४

विजय थापा/जुन २३ ,अमेरिका | अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । 

उनले अमेरिकामा रहेकालाई मात्र हैन आफुलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दैमा  मानव तस्करले उन्मुक्ति नपाउने बताए । उनले अगाडी भने यस्ता तस्कर गर्नेहरुका होस् हवास गएको बताउदै अब उनीहरुका दिन गएका बताए । 


खनालले स्वागत कार्यक्रममा उपस्थित सवैको भावनाको उच्च कदर गर्दै कहिले कुठाराघात नगर्ने बताए । आफ्नो सहयोग सदैव सकारात्मक हुने बताउदै जस्तो सुकै कठिनाईलाई छिचोल्ने  र आफुलाई दिएको जिम्मेबारीलाई शिरोधार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले आफ्ना कुराहरु राख्दै अगाडी भने यहाँहरुको शिर कहिले निहुर्याउने छैन भन्दै अमेरिकाका नेपालीले भूकम्प गएको समयमा मातृभूमिलाई गरेको मानवीय सहयोगको प्रशंसा गरे । 

उनले शान्ति सुरक्षाको बारेमा बिशेष जोड दिदै नेपाल पहिला जस्तो सुरक्षाको दृष्टिले भयभित हुनुपर्ने अवस्था नरहेको बताए । उनले अगाडी भने राम्रा काम गर्नेको उजागार गर्ने र नराम्रा काम गर्नेलाई कानुनको कठघरामा उभ्याई कानुन बमोजिम कारवाई गर्न पछि नहट्ने बताए । 


उक्त भेटघाट तथा स्वागत कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न पेशामा संलग्न बिशेष व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

महानिरीक्षक सर्बेन्द्र खनाल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन न्यूयोर्क आएका थिए ।

स्वागत ,सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञाशा राखेका थिए भने खनालले पनि सबैको चित्त बुझ्दो जवाफ दिएका थिए । कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै संचार माध्यमको पहलमा सम्पन्न भएको थियो । 

कार्यक्रममा युनाईटेड नेपालको तर्फबाट किरण प्रताव केसी तथा संचार माध्यमको तर्फबाट गुणराज लुइँटेलले मन्तव्य राखेका थिए । कार्यक्रममा खादा तथा पुष्प गुच्छाद्वारा सम्मान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै