२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्दरा ब्याण्ड तेश्रो नेप्लिज अमेरिकन सम्मेलनको लागि डिसी पुगे

२०७५, १५ असार शुक्रबार ०२:३४

विजय थापा | असार १५, अमेरिका | डिसीमा हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (न्याक) को लागि नेपाल को प्रसिद्ध संगीत मण्डली कन्दरा ब्याण्ड अमेरिका आई पुगेका छन् । भोलि शुक्रबार जुन २९-जुलाई १ तारिख सम्म हुने उक्त कार्यक्रमको लागि पहिलो पटक अमेरिका सबै जना आएका हुन् । 

सबै कलाकारले एक दर्जन भन्दा ज्यादा गीत गाउने लक्ष्य सहित आएका बताएका छन् । यसै गरि उनीहरुले डिसी क्षेत्रका सबैलाई जुन २९ तारिख शनिबार साँझ हुने कार्यक्रममा उपस्थिति जनाई प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् । 

उनीहरुले हामीलाई मन पराउने र दर्शकलाई भरपुर मनोरंजन दिलाउने बताउदै हौशला चाहिएको बताए । 

शुक्रबार बिहान ८ बजे देखि खेलका विभिन्न खेलहरु सुरु हुने छ । साँझ ६ बजे औपचारिक कार्यक्रम हुने छ भने ८ बजे साँस्कृतिक कार्यक्रम हुने छ । भोलि देखि सम्मेलन सुरु हुने भएकोले खेलाडीहरु र अतिथिहरु आई पुगेका छन् । र आउने क्रम जारि छ । 

यसै गरि आयोजक बिश्व सुबेदी, निराकार उप्रेती, बिना खड्का लामा, एनआरएन भर्जिनिया शाखाका अध्यक्ष गोविन्द सुबेदी, एरो नेपाल ट्रावल का राकेश तुलाधर लगायतले सबै लाई सम्मेलनलाई साथ दिन आग्रह गरेका छन् । 


सम्मेलनको पहिलो दिन जुन २९ तारिख शुक्रबार डिसी फुटबल क्लब बिरुद्ध डिएफडब्लु हिमालय बीच बिहान ९ बजे खेल हुनेछ भने लगतै टेक्ससको ग्रोखाज भकुण्डो टोलि बिरुद्ध र एलए ११ बिच हुने छ ।

कुल १२ वटा टोलीहरुमा डिसीएफसी, गोर्खाज, ब्याक (बिएसी) इस्ट बे, डिएफडब्लु हिमालय, एनवाईएनए सी, एवेरेस्ट, एलए ११, स्पोट युनाईटेड, ग्याल सुम्ड़ो, न्युयोर्क, एसएफ एकता तथा एनएनएससी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह