2026-10-26 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् – न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको अन्तिम २० प्रतियोगीहरु (२० तश्विर सहित)

विजय थापा | असार २१, अमेरिका | न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि निवेदन दिने प्रतियोगीहरुमध्ये अन्तिम २० प्रतियोगीहरुको छनौट सम्पन्न भै प्रतियोगीहरुको नामावली सार्बजनिक गरिएको छ । 

यस पटक प्रतियोगितामा प्रतियोगीहरुको सहभागिता ज्यादा भन्दा ज्यादा भएकोले छनौट प्रकृयामा अन्तिम २० जना प्रतियोगीहरुलाई समाबेश गराइएको छ । मिस नेपाल नर्थ अमेरिकाको आयोजक मध्येका एक शैलेश श्रेष्ठका भनाई अनुसार यस पटकको प्रतियोगीहरु उच्च शिक्षा हासिल गरेका कोही ईन्जिनियर (अभियन्ता) कोही चिकित्सा पेशामा अध्ययनरत (डक्टर)समेत रहेकोले निकै उत्साहित रहेको बताएका छन् ।

प्रतियोगीहरु अगस्त ५ तारिख भित्र न्यू योर्क आउने छन् भने अगस्त ६ तारिख देखि तालिममा सबै प्रतियोगीहरुले सहभागिता जनाउने छन् । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यू योर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सम्पन्न हुनेछ । 

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम २० प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको छ । ३५ भन्दा ज्यादा प्रतियोगीहरुको निबेदन प्राप्त भएको र अडिसन स्काईप द्वारा गरिएको आयोजकले जनाएका छन् । 

उक्त अन्तिम छनौट प्रतियोगितामा पुग्ने अन्तिम अन्तिम २० प्रतियोगीहरुमा क्यालिफोर्नियाकि आकृती शाह,क्यानडा मिसीसौगा कि अनुशा अधिकारी, मिचिगनकि भविष्य लामा, अलाबामा कि दिलाशा कोइराला, इन्डियाना कि ज्योति गुरुङ, टेक्सस कि करुणा अधिकारी, पेनसेल्भेनिया कि माया अधिकारी, न्यु योर्क कि मोनिका घले, भर्जिनिया कि पूजा थापा टोरोन्टो क्यानडा कि प्रतिमा उपाध्याय, न्यू योर्क कि रिदिका प्रधान, टेक्सस कि संयुक्त पुरी  म्यारिल्याण्ड कि सनम थापा , मासाचुसेट्स कि श्रद्धा केसी, भर्जिनिया कि सिम्रन चुडाल, मिनेसोटा कि स्मृति लामिछाने, क्यालिफोर्निया कि सृजना राई, न्यू योर्क कि सृजना राना, भ्यानकुवर बृटिश कोलम्बिया बाट सुजाता लामा तथा मासा चुसेट्स बाट स्वेता लामा रहेकी छिन् । 

भिडियोमा हेर्नुहोस् प्रतियोगीहरु : 

अगस्त ६ तारिख देखि अगस्त १० सम्म हुने सन् २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियो ग्राफ सम्बन्धमा तालिम गराउने छिन् । यसै गरि मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिने छिन् । 

उक्त प्रतियोगिताको लागि टिकट अनलाइन ( बिधुतिय प्रणाली ) बाट पनि उपलब्ध गराइएको आयोजकले जनाएका छन् । अन्तिम कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति हुने छ । 

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम गर्ने छ । ८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्न जनाएको छ । अर्को पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु गरिएको छ ।

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधिद्वारा घोषणा गरिनेछ भने दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्वितीय बिजेता उपाधिद्वारा सम्मान गरिने छ ।

प्रतियोगिता बिजेताले अन्तर्राष्ट्रिय गैर मुनाफा संस्थामा स्वयम् सेवक रुपमा काम गर्ने अवसर पाउने छन । यसको साथै मिस ट्यालेन्ट, मिस पपुलर (जनता को मतद्वारा ), मिस डिसीप्लेन, मिस पर्सोनालिटी तथा मिस क्याटवाक समेत उपाधि प्रदान गरिने पत्रकार भेटघाटमा जानकारी दिइयो ।

आयोजक समूहमा अन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक सभापति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने