अमेरिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमेरिक"/>

2026-10-26 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अन्तरक्रिया गरिने

विजय थापा/असार २१, काठमाण्डौ | बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अमेरिकाको मेरिल्याण्डमा बिशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । 

अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी स्थापना भएको अमेरिका कै सर्वाधिक सक्रिय सँस्था मध्ये कै एक नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । 

उक्त संस्थाका संस्थापक ,समाजसेवी ,सामाजिक अभियन्ता , नेपाली समुदायका अग्रज राम मालाकार संग निकट पारिवारिक सम्बन्ध समेत रहेका कलाकार द्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य सहित संस्थाको २५ औ बार्षिक उत्सवमा आएका थिए । र​,​ उनीहरुले आफ्नो प्रहसन प्रस्तुत समेत गरेका थिए । 

यस पटक भने मदन कृष्ण श्रेष्ठ मात्र एकल रुपमा अमेरिका आउने छन् भने उनि संग डिसी महानगर क्षेत्रका नेपाली समुदायले प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्न पाउने भएका छन् । 

एनपीपीएका वर्तमान अध्यक्ष राजु जोशीका भनाई अनुसार वरिष्ठ कलाकार श्रेष्ठ संग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने ,अन्तरक्रियामा सहभागी हुन् पाइने ,उनका संक्षेपमा जीवनका कुरा सुन्न पाइने ,प्रतिभा प्रस्तुति गर्ने ,उनको आत्मकथा ‘महको म’  पुस्तक बारेमा चर्चा गर्ने  र सबै दर्शक बीच मनोरंजन हेतु गीत समेत प्रस्तुत गर्ने बताएका छन् । 

अन्तरक्रिया कार्यक्रम आगामी अगस्त ४ तारिख मेरिल्याण्ड को जर्मन टाउन शहरमा हुने भएको छ । उनको आत्मकथा ‘महको म’  पुस्तक उनले ६ बर्ष लगाएर लेख्ने काम २०७४ मा पुरा गरेका हुन् । 

सीमित स्थान (सिट)रहेकोले चाडो भन्दा चाडो दर्ता गराउनु पर्ने छ भने अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजनको लागि $ ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको आयोजकले जनाएका छन् । 

संकलन भएको केहि रकम क्यान्सर सोसाइटी तथा नेपालमा  संस्था द्वारा संचालित छात्रवृत्तिमा जाने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने