2026-10-26 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीमा नेवा समुदायको सामूहिक ब्रतबन्ध भव्यताको साथ सम्पन्न

विजय थापा | अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले आयोजना गरेको केयता पूजा (सामूहिक ब्रतबन्ध) भव्यताको साथ सम्पन्न भएको छ । 

गत जुलाई १४ तारिख मेरिल्याण्ड राज्य स्थित वाशिंगटन काली मन्दिरमा १२ नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध सम्पन्न भएको छ ।

नेवा: अर्गनाईजेसन अफ अमेरिका (एनओए ) भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले १७ बर्ष अगाडी स्थापना भएको भएको हो । नेवा समुदायका पण्डित/पुरोहित तथा साँस्कृतिक राजदुत बासव राजोपाध्यायद्वारा पूजाआजा गरी सम्पन्न भएको थियो । 

उक्त मन्दिरमा नेपाल जस्तै परम्परागत वैद्धिक विधिबाट ब्रतबन्ध सम्पन्न गरिएको साँस्कृतिक राजदुत बासव राजोपाध्यायदले बताए । उक्त सामुहिक ब्रतबन्धमा क्यानडा बाट ३, अमेरिकाको टेनेसी राज्य बाट २, मेरिल्याण्ड राज्यबाट ३, बोस्टन बाट १, भर्जिनिया बाट २ तथा पेनसेलभेनियाबाट १ जना गरेर कूल १२ जना बटुकहरुको सहभागिता रहेको थियो । 

बटुकहरुमा क्रमस मेरिल्याण्डका १९ बर्षिय देभान्सु तमोट, क्यानाडा ओटावा ओन्टारियो का १८ बर्षिय शोभान रंजितकार, पेनसेलभेनियाका १८ बर्षिय सिधान्त तिवारी,मेरिल्याण्डका १५ बर्षिय स्नेहल तमोट, भर्जिनियाका १२ बर्षिय रिकेश थन्जु, क्यानाडा ओटावा ओन्टारियोका ११ बर्षिय सक्रिय रंजितकार, क्यानाडा ओन्टारियो ब्रामटन का ११ बर्षिय रोनिन राज श्रेष्ठ, मेरिल्याण्डका १० बर्षिय शान श्रेष्ठ, बोस्टनका १० बर्षिय निर्भिक सिंह, टेनेसीका १० बर्षिय श्रीजन श्रेष्ठ, भर्जिनिया कै १० बर्षिय निलन राज जोशी तथा टेनेसीका ८ बर्षिय मृनभ श्रेष्ठ को सहभागिता रहेको थियो । 

१२ जना बटुक मध्ये १ जना सिधान्त तिवारी मात्र ब्राम्हण थरका रहेका थिए । सामूहिक व्रत वन्ध रहेकोले कुनै जात र थर बिशेषको लागि मात्र नभएर मात्र सबैलाई स्वागत हुने आयोजकले बताए । 

उक्त सामुहिक ब्रतबन्धको लागि बटुकका आफन्त फुपू, मामा, हजुरबुवा हजुरआमा, वरपर तथा विभिन्न राज्यहरुबाट समेत नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

संस्थाका कार्यबाहक अध्यक्ष पुस्कर प्रजापतिले सबैलाई स्वागत मन्तब्य राख्नु को साथै धन्यवाद दिएका थिए । उक्त कार्यक्रम  पितृ श्राद्ध, लसकुस परम्परागत स्वागत, कार्य शुद्धि, सामूहिक मण्डप पूजा, स्नान, अभिषेक आशिर्बाद, भिक्षा दान, सात चाल पछि सबैलाई स्वागत गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

तस्बिर : राजिव श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने