धापासीमा ठडिएको १८ तले 'पार्क भ्यू होराइजन अपार्टमेन्ट' कुन बेला कता ढल्ला झैं लाग्छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धापासीमा ठडिएको १८ तले 'पार्क भ्यू होराइजन अपार्टमेन्ट' कुन बेला कता ढल्ला झैं लाग्छ । 
५ माघ २०८२, आईतवार
अर्थ/विकास

स्थानीय भन्छन् – ‘सरकार छ र यो देशमा ?’ (तश्विर/भिडियो सहित)

२ श्रावण २०७५, बुधबार ०८:१४

साउन २, काठमाडौँ | काठमाडौँको धापासीमा ठडिएको १८ तले 'पार्क भ्यू होराइजन अपार्टमेन्ट' कुन बेला कता ढल्ला झैं लाग्छ । 

कार्यालय र आवास गृहका लागि बनाइएको यो व्यावसायिक भवन ढलेमा नजिकका धेरै घरलाई क्षति पुर्याउने गम्भीर खतरा छ । पहिलो पटकको भूकम्पमा बढी क्षति पुगेको सो भवन दोस्रो पटकको भूकम्पमा पुनः भत्किन पुग्दा अहिले प्राङ्गण आसपासमा जान डरलाग्दो भएको छ । एक स्थानीयका अनुसार भवन भित्र अहिले जाँदा पनि तर्साउने बताउँछन् | उनि भन्छन 'बाहिरबाट यसरी ठडिएको देखिन्छ भित्र गयो भने अहिले पनि भूकम्पले हल्लिएर धुजा-धुजा भएका सिमेन्ट र इट्टाहरु खसेर तर्साउँछ । अपार्टमेन्टले पश्चिमतर्फका अधिकांश स्थानीयहरुलाई दिनरातै डरनै डरमा बाच्न बाध्य बनाएको छ । स्थानीय भन्छन – 'संधै हेरिन्छ, आफैतिर ढल्कँदै आएको जस्तो लाग्छ, दिन-रात डराएर बस्न बाध्य छौँ ।' 


कहिले हावाहुरी आउँदा सिमेन्टका टुक्राहरु आसपासका घरमा समेत पुग्छन् । स्थानीय प्राथना गर्दा रहेछन् – 'हे भगवान ठूलो हावा नचलोस् ।' डर अपार्टमेन्ट भत्किन्छ कि भन्ने नै हो । अपार्टमेन्टकै अगाडी घर भएका एक स्थानीयका अनुसार अल्जजिरादेखि देशका ठूला मिडियासम्मले यस अपार्टमेन्टको बिषयमा प्रसारण गर्दा पनि सरकार मौन छ । उनले आक्रोश पोख्दै भने 'सरकार छ र यो देशमा ?' उनको अनुसार यो अपार्टमेन्ट कसरी पास भयो त्यसैमा शंका छ । सामान्यतया अपार्टमेन्टहरू भत्कँदा त्यसका अवशेषहरू त्यसैको कम्पाउण्डभित्र रहनुपर्छ। तर यो अपार्टमेन्टले वरपरको जनजीवनलाई कहालीलाग्दो बनाएकाको छ । एउटा २ तलाको घर बनाउँदा बिभिन्न बहानामा पास गर्न नमान्ने सरकारी निकायहरुले यो अपार्टमेन्ट कसरी पास गरे भन्नेमै स्थानीय सशंकित छन् । 


शहरी विकास तथा भवन निर्माण विभागले यो अपार्टमेन्टमा अति जोखिमपूर्ण जनाउने रातो स्टीकर टाँसेको थियो । तर एकाएक यो भवनलाई अहिले बस्न मिल्ने भन्दै हरियो स्टिकर दिएर पुन: निर्माण गर्न सकिने स्वीकृति दिईएको छ । स्थानीयका अनुसार पहिलो कुरा त ११ ताला मात्र बनाउने भनेर ढाटियो तर १८ तले बनाएर आफैमा अपार्टमेन्ट निकै खतरापूर्ण बनाइयो, भूकम्पले अपार्टमेन्टको ७०% भाग चर्किएपछि अब बनाउने कि भत्काउने बिबाद जारी छ । 


आधा भन्दा बढी अपार्टमेन्ट बिकिसकेको अवस्थामा भूकम्प गएपछि बिबाद चुलिएको बताइएको छ । अपार्टमेन्ट किन्नेहरुलाई पुन: बस्न मिल्ने बनाएर हस्तान्तरण गर्ने पक्षमा कम्पनी छ तर पहिले बस्नै नमिल्ने भन्दै रातो स्टिकर टासिएको अपार्टमेन्टमा बस्न मान्दैनन् किन्नेहरु । यहिनै मुख्य बिबादको बिषय रहेको बुझिएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता