2026-10-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ द्वारा न्यू जर्सीमा हट ब्रेड को उदघाटन

विजय थापा | साउन ७, वाशिंगटन डिसी | नेपाली कि प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले न्यू जर्सीको भर्खर संचालनमा आएको हट ब्रेड को उदघाटन गरेकी छिन् । अमेरिकामा अध्ययन गर्न आएकी श्रेष्ठले न्यु जर्सी को डेटन शहरमा गत जुलाई २८ तारिख रिबन काटी हट ब्रेड नामक पसलको उद्घाटन गरेकी हुन् । 

उक्त हट ब्रेडका संचालक राजु श्रेष्ठले उनको उक्त पसल अमेरिकामा दोश्रो शाखा भएको जानकारी दिएका छन । श्रेष्ठले नग्माले उद्घाटन गरेकोमा हर्ष भयक गरेका छ्न । हट ब्रेड का विभिन्न परिकारका सामग्री मध्ये अन्डा न मिसाईएको केक निकै प्रसिद्ध हुनुको साथै स्वादिलो र मिठो भएकोले यसको ब्यापार पनि वृद्धि भएको बताएका छन् । 

ताजा र स्वादिलो र गुणात्मक भएको कारण ग्राहक आई रहने बताउदै त्यसलाई आफुले ध्यान दिएकोले दोश्रो शाखाको रुपमा पनि खोल्न सफल भएकोमा आफू उत्प्रेरित भएको बताएका छन् । 

यसै गरि नग्माले आफु पनि यस्ता बेकरीका परिकार पेस्ट्रीकप ,केकफ्रुट  र टार्ट मन पर्ने बताइन । उनले अगाडी भनिन हात ब्रेड मेरो मन पर्ने पसल भएको जानकारी दिएकी छिन् ।  

नग्मालाई आगामी अमेरिकाको न्यू योर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ । 

सन् २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्समा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तरराष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् ।

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनि कार्यक्रम प्रस्तोता,मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने