2026-10-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तराष्ट्रिय नेपाली पत्रकार संघ ( INJA)गठन, अध्यक्षमा लुईटेल

विजय थापा | पत्रकार पेशामा लामो समय देखि काम गरि रहेका  र हाल सम्म  पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ ( INJA)गठन गरेको घोषणा गरेका छन । 

संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रम मार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिती गठन गरेको जनाउदै विदेशी पत्रकारहरुलाई समेत समेट्दै सल्लाहकारमा  नियुक्ति गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्ह (INJA) बिधिवत रुपमा दर्ता भएको छ भने  गैर नाफामूलक यो सस्था अमेरिकाको सघिय तथा राज्य सरकारमा दर्ता भएको जनाईएको छ ।

बिश्व भरी छरिएका नेपाली भाषी पत्रकार, सन्चारकर्मीहरु तथा पत्रकारहरुका छाता सङ्गठनहरुलाई एक सुत्रमा बाधी उनीहरुको क्षमता अभिबृदी गर्ने , त्यस मूलुकको मूल सन्चार क्षेत्रमा आबद्ध गराई ब्यबसाहिक पत्रकारिताका लागी पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिएको पत्रकार भेटघाटमा जानकारी दिएका छन ।

कुनै सस्था फुटेर नयाँ सस्था स्थापना गरीएको नभएर बिशुद्द रुपमा नेपाली पत्रकारिता जगतलाई ब्यबसायिकरुपले उनीहरुको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्नका लागी नै स्थापना गरीएको सस्थाका एक पहलकर्ता सुनिल मणी दाहालले जानकारी गराए ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (INJA) ले बुधवार अगस्त १ तारिख अमेरिकाको भर्जिनिया राज्य स्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी सस्थाको बारेमा बिस्तृत जानकारी गराएका छ्न ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुणराज लुइँटेल सर्ब सम्मति बाट चयन भएका छन् । यसै गरि समितिमा सभापति गुणराज लुइँटेल लगायत अन्यहरु यस प्रकार रहेको छ । बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेका छन् ।

उप सभापतिहरुमा सुनिल मणि दाहाल, अमेरिका, बिष्णु शितल अमेरिका, टंक पन्त, एसिया, मन ऋषि धिताल अस्ट्रेलिया, अनुराधा पौडेल युरोप तथा डा किस्मत भण्डारी क्यानडा रहेका छन् ।  यसै गरि महा सचिवमा अमेरिकाका शिव बिष्ट ,सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार चयन भएका छन् । 

यसै गरि संचार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन । 

यसै गरि समिति सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा, बिश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल रहेका छन् भने दुवईबाट सुबाश शर्मा, नेपालबाट कृष्ण ढुंगाना तथा ओमानबाट बिनेश खनाल रहेका छन् । 

यसै गरि साउदी अरबबाट तेज बहादुर थापा, अमेरिकाबाट सर्बज्ञ वाग्ले, स्विटजर्ल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजिव श्रेष्ठ, सरोज केसी, श्रीजना उप्रेती, उमेश शर्मा, पूर्ण बराईली तथा सुनिल हुमागाई रहेका छन् । 

यसै गरि सल्लाहकारहरुमा हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन बिश्व बिद्यालयका प्रा क्रिस्टोफर जे फरेल, सहायक प्रा.जेफ साउथ, एसपीजेका रबिन सिडरस्कि, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा. घमराज लुइँटेल रहेका छन् । 

तस्बिर :राजिव श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने