२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

२०७५, २१ श्रावण सोमबार १६:०२

साउन २१, सोलुखुम्बु (रासस) | गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । 

तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । 

शव माथि नदेखिएको, ताल चिसो र गहिरो भएकाले उद्धारको प्रयास सफल हुन नसकेको प्रजिअ रानाको भनाइ छ । उहाँले भन्नुभयो, “उद्धारका लागि आइतबार नेपाली सेना पनि परिचालन गरिएको तर तालीम प्राप्त जनशक्ति र पर्याप्त साधन नहुँदा उद्धार गर्न सकिएन ।” 

उद्धारका लागि गृहमन्त्रलायबाट साधनसहितको थप दक्ष जनशक्ति गोक्यो आउने प्रजिअ रानाले विश्वास व्यक्त गर्नुभयो । घटनास्थल आसपासमा सञ्चार सम्पर्कसमेत नहुने भएकाले सञ्चार सम्पर्क गर्नसमेत करीब २ घण्टाको पैदल यात्रामार्फत तल झर्नु पर्ने प्रहरीले जनाएको छ । 

गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका तीन जना विद्यार्थी शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् । नुहाउने क्रममा बेपत्ता हुनेमा खुम्जुङ मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय