2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित

विजय थापा | अगस्त ११,न्यू योर्क | न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो ।

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना राई घोषित भएका छन ।

अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।

अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो ।पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।

दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई, हेमन्त राना, बिक्की  गुरुङ, धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स, स्लेतभाना क्रामर, जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ |यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी, मिस पपुलर (जनता को मतद्वारा )मा स्वेता खड़का, मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह, मिस स्माईलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी, मिस पर्सोनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी, मिस क्याटवाकमा मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, मिस हेयरमा ज्योति गुरुग, मिस राईजिग स्टारमा स्‍मृति लामिछानेलाई प्रदान गरिएको छ । 

निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक सभापति हुन ।

तस्बिर : विक्रान्त मान श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने