2026-09-08 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित

विजय थापा | अगस्त ११,न्यू योर्क | न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो ।

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना राई घोषित भएका छन ।

अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।

अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो ।पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।

दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई, हेमन्त राना, बिक्की  गुरुङ, धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स, स्लेतभाना क्रामर, जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ |यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी, मिस पपुलर (जनता को मतद्वारा )मा स्वेता खड़का, मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह, मिस स्माईलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी, मिस पर्सोनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी, मिस क्याटवाकमा मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, मिस हेयरमा ज्योति गुरुग, मिस राईजिग स्टारमा स्‍मृति लामिछानेलाई प्रदान गरिएको छ । 

निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक सभापति हुन ।

तस्बिर : विक्रान्त मान श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल