<p><b>भदौ ५, बुटवल ।</b> मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । </p><p>आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश सरकारले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । </p><p>यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए । रासस</p>
August 21, 2018
काठमाडौँ - KTM, दाङ्ग - DNG, पश्चिमी रुकुम - RKM, प्युठान - PTN, रोल्पा - RLP, समाज, सल्यान - SLN
प्रदेश नं. ५ मा बुधबार सार्वजनिक बिदा
By साझासवाल
2 मिनेट पढाइ










