2026-09-08 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा पहिलो पटक जनैपूर्णिमा र गाईजात्रा

भदौ १३, अस्ट्रेलिया | अस्ट्रेलियामा आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने अभिप्रायले पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भव्यता र सभ्यताका साथ सिड्नीमा सम्पन्न भएको छ।

गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा गाईजात्रा, लाखे तथा विभिन्न संस्कृति तथा समुदायको विशेषता झल्कने झाँकीहरु प्रदर्शन गरिएका थिए ।

बिहान रक्षाबन्धनबाट शुरु भएको उक्त कार्यक्रम दिउँसो गाईजात्रा, लाखे र बिभिन्न झाँकीहरु सहितका परेडमा परिवर्तन भएको थियो ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक एबं गोरखा समाज अष्ट्रेलियाका सल्लाहकार रामकुमार श्रेष्ठले सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी मानिने नेपालले बहुसांस्कृतिक देश अस्ट्रेलियामा यस किसिमका कार्यक्रम मनाउनुको बहुआयामिक महत्व हुने बताउनु भयो ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले गोरखा समाज अस्ट्रेलियाले गाइजात्रालाई सिग्नेचर प्रोग्रामको रुपमा निरन्तरता दिनु उपयुक्त हुने सुझाब दिनु भयो ।

कार्यक्रममा डा नारायण प्रधान र स्पोन्सरका तर्फबाट मल्टी डाइनामिक रियल स्टेटका मेघ राजा पौडेलले पनि मन्तब्य राख्नु भएको थियो ।   

गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्षतामा भएको छोटो औपचारिक कार्यक्रमको सन्चालन सुरेन्द्र दवाडीले गर्नु भएको थियो जस्मा आयोजकका तर्फबाट महासचिव प्रकाश बस्ताकोटीले स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा नेपाली हाँसो, खुसी, सत्कार र सद्भावको संस्कारलाई विदेशी भूमिमा जगेर्ना गर्न तथा हुर्कदै गरेका दोस्रो पिढीलाई समेत बुझाउन र सिकाउन यस्ता मौलिक कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने बताए।

कार्यक्रममा सिड्नीस्थित विभिन्न संघसस्थाहरूको सहभागितामा साँस्कृतिक साङ्गीतिक प्रस्तुतिका साथै गाईजात्राको मौलिक टाकटुके नाचका साथै गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षकका रूपमा मेरी बास्सैका हाँस्यकलाकार राजु मास्टर तथा बल्छी धुर्बेको विशेष प्रस्तुति थियो । अस्ट्रेलियन फिल्म “सर्भाइभ अर डाइ” फिल्ममा भूमिका निर्बाह गरेकी बिभिन्न अवार्डद्धारा सम्मानित ११ बर्षीया सरिना सैंजू लगायत थुप्रै स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुति रहेको यो चरणको कार्यक्रमको सन्चालन मदन कोइराला र सविना शाक्यले गर्नु भएको थियो ।   

जनै पूर्णिमाको दिन आयोजना भएको उक्त कार्यक्रममा ऋषि तर्पणी तथा रक्षा बन्धन कार्यक्रम हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा सम्पन्न भएको थियो ।      

कार्यक्रममको नारा कला,धर्म, संस्कृति नेपालीको शान-  डाँफे, बुद्ध, सगरमाथा हाम्रो पहिचान राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने